लहान नगरपालिकाको सबै वडामा सडक सञ्जाल पुग्यो

लहान नगरपालिकाको सबै वडामा सडक सञ्जाल पुग्यो

कविता पोखरेल
माघ १५, लहान नगरपालिका । सिरहा जिल्लाको लहान नगरपालिका सबै वडामा सडक सञ्जालको काम सम्पन्न भएको छ । उत्त सडक निर्माणले विगतको जस्तो यात्राको लागि कठिनाई नभएको नगर प्रमुख मुनि साह सडीले भन्नुभयो ।

कतीपय स्थानहरुमा सडक स्तरउन्नती गर्नको लागि सडक पीच गर्ने देखि नयाँ ट्रयाक खोल्ने कामहरु धमाधम भइरहेको छ । स्थानीय सरकारको व्यवस्थापन पछि नगरका, नगर प्रमुख सडीले गर्नु भएको कार्यान्वयन र योजना उत्तिकै अनुकरणीण् छ । कृषि र शैक्षिक क्षेत्रमा पनि नगरले उत्तिकै प्रगति गर्दै आइरहेको छ ।

स्थानीय वासिन्दाहरुलाई रोजगारमुलक तालिम प्रदान गर्ने र उनीहरुलाई पशुपालन र कृषि खेतिमा रोजगारीको व्यवस्था समेत गरेको छ । नगरको विद्यालयहरुमा गुणस्तरीय र सर्वसुलभ शिक्षा प्रदान गरको नगर प्रमुख सुडीले बताउनु भयो । स्थानीय सरकार गठन पछि आम जनताहरुले विकास निर्माणमा जुन कामको अपेक्षा गरेको थिए त्यो काम ८० प्र्रतिशत सम्पन्न भएको उहाँको भनाई छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमण न्यूनीकरणको लागि यस पालिकाले विभिन्न जनचेतनामुलक कार्यक्रम मार्फत आम नागरिकहरुलाई सतर्कतना अपनाएको थियो । कोरोनाबाट प्रभावित भएका नागरिकहरुको लागि करिब ११ हजार घर धुरीहरुलाई राहत वितरण गरेको थियौं नगर प्रमुख सुडीले जनाउनु भयो । आगामी दिनमा नगरको स्रोत साधनले भ्याएसम्म र आम नागरिकको अपेक्षालाई मध्येनजर गर्दै नगरलाई समृद्धिको उचाईमा पु¥याउने नगरका, नगर प्रमुख, सुडीले प्रतिबद्धता जनाउनु भयो ।

प्रतिक्रिया दिनुहोस्