रेसुङ्गा नगरपालिका १३ मा सडक निर्माण कार्य सम्पन्न

रेसुङ्गा नगरपालिका १३ मा  सडक निर्माण कार्य सम्पन्न

कविता पोखरेल
फागुन २, रेसुङ्गा नगरपालिका–१३ । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडा नं. १३ मा सडक निर्माण कार्य सम्पन्न भएको वडा अध्यक्ष खुम बहादुर खत्रीले बताउनु भयो । स्थानीय सरकार गठन पछि वडाको टोलटोलमा सडक पुगेको र यात्रामा थप सहज भएको छ । आगामी दिनमा सडक सञ्जालको कामलाई व्यवस्थित गर्दै जाने याजना रहेको खत्रीले भन्नुभयो ।

आम जनताहरुको स्वास्थ्य क्षेत्रलाई प्राथामिकता दिदैं वडाले स्वास्थ्य सेवाको पहुच पु¥याउनुका साथैं गरिबहरुलाई निःशुल्क औषधि वितरण गरेको छ । वडाले सामुदायिक विद्यालयमा गुणस्तरीय र प्राविधिक शिक्षामा जोड दिदैं यस वडाले शैक्षिक क्षेत्रमा प्रभावकारी ढंगले काम गरेको छ । एक घर एक धाराको कार्यक्रम सञ्चालन गरी लिफटीङको व्यवस्था गरी टोलटोलमा खानेपानीको सुविधा भएको वडा अध्यक्ष खत्रीले भन्नुभयो ।

स्थानीय सरकारले पूर्वाधाहरुको कामलाई निरन्तरता दिए पछि यहाँको स्थानीय वासिन्दाहरुमा पनि खुसीको मुहार छाएको अवस्था । आगामी दिनमा जनताहरुको हितमा रही काम गर्दै जाने र सबैको साथ सहयोग पाएमा वडालाई चाँडैं विकासको लहरमा पु¥याउन सकिने वडा अध्यक्ष खत्रीको धारणा छ ।

प्रतिक्रिया दिनुहोस्