रेसुङ्गा नगरपालिका वडा नं. ५ मा विकासको कामले फड्को मार्दै

रेसुङ्गा नगरपालिका वडा नं. ५ मा विकासको कामले फड्को मार्दै

कविता पोखरेल
फागुन १, रेसुङ्गा नगरपालिका–५ । स्थानीय सरकारकार गठन भएको छोटो समयमा नै कतिपय मुलुकको केही स्थानीय तहहरुमा विकासको काम तिव्रगतिमा भइरहेको छ । यिनै, मध्येको एउटा गतिलो उदाहरण, गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडा नं. ५ को हो । वडालाई विकासको लहरमा पु¥याउनको लागि रेसुङ्गा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष हरिप्रसाद शर्मा खनालको विकासका योजनाको रणनिति र त्यसको कार्यान्वयन वास्तवमै अनुकरणनीय नै छ ।

वडाले आम सर्व साधारण जनताहरुको स्वास्थ्य क्षेत्रलाई मध्येनजर गर्दै वडामा स्वास्थ्य भवन निर्माण गरेको वडा अध्यक्ष खनालले बताउनु भयो । विगतमा यहाँका स्थानीय वासिन्दाहरु सानोतिनो उपचारको लागि जिल्ला सदरमुकाम र राजधानी धाउन बाध्यता थियो तर, स्थानीय सरकारले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथामिकता दिए पछि अन्य ठाउँ धाउनु पर्ने कठिनाई हटेको अवस्था छ ।

ऐतिहासिक र धार्मिक क्षेत्रमा यस वडाले भौतिक संरचनाहरु निर्माणमा प्रगति गरेको छ । विभिन्न मठ मन्दिर, शिवालय र प्रतिक्षालय निर्माण कार्य देखि पर्वद्धन र संरक्षण समेत गर्दै आइरहेको छ । वडाले आधारभुत विद्यालयमा गुणस्तरीय र सर्वसुलभ शिक्षाको व्यवस्थापन र विद्यालयमा आवश्यक भौतिक संरचना निर्माण गरेको छौं वडा अध्यक्ष खनालले भन्नुभयो । देशमा बेरोजगारीको संख्या बढीरहेको अवस्था छ तर, यस वडाले यूर्वावर्गहरुलाई लक्षित गर्दै विभिन्न सिपमुलक तालिम प्रदान गर्ने र उनीहरुलाई रोजगारीको व्यवस्था गरेको छ ।

किसानहरुलाई विभिन्न उन्नत जातको विउ विजन वितरण गर्नुका साथैं पशुपालनमा यस वडाले कृषि क्षेत्रमा उल्लेखनीय प्रयासहरु गर्दै आइरहेको खानलको भनाई छ । एक घर एक धाराको अवmधारणा अपनाई यस वडाले प्रत्येक टोलटोलमा खोनेपानीको सुविधा व्यवस्थापनको निम्ति लिफटीङको काम गरेको छ । यो खानेपानीको आयोजनाले आम वासिन्दाहरु लाभान्वित हुनेछन् खनाले जनाउनु भयो । यस्तै, वडाले सडक निर्माणको काममा पनि चौतर्फी निर्माण कार्य गरेको छ ।

सडक नपुगेको ठाउँमा सडक निर्माण गर्ने निर्माण भएको सडकलाई आवश्यक स्तोरउन्नती कोम भइरहेको वडा अध्यक्षा खनाले भन्नुभयो । गरिबी परिचय पत्र, र जेष्ठ नागरिक परिचय पत्र वितरण गरेको अवस्था छ । स्थानीय सरकारको व्यवस्थापन पछि आम नागरिकहरुको जुन अपेक्षा थियो त्यसलाई पुरा गर्नको लागि आफु निरन्तर लागि परेको र आगामी दिनमा आम जनताहरुको साथ सहयोग मिलेका वडालाई चाँडैं विकासको लहरमा पु¥याउन सकिने वडा अध्यक्ष खनालको धारणा छ ।

प्रतिक्रिया दिनुहोस्