राष्ट्रिय युवा संघ दोलखाको इन्चार्जमा सन्तोष र सहइन्चार्जमा महाराज

राष्ट्रिय युवा संघ दोलखाको इन्चार्जमा सन्तोष र सहइन्चार्जमा महाराज

चरिकोट ।। राष्ट्रिय युवा संघ नेपालले केन्द्रदेखि जिल्ला तहसम्म नेतृत्वको जिम्मेवारी वाँडफाँड गरेको छ । यसैक्रममा, यूवा संघ नेपाल दोलखाको इन्चार्जमा सन्तोष केसी र सहइन्चार्जमा महाराज गुरुङलाई जिम्मेवारी दिइएको छ ।
केसी, लामो समयदेखि तत्कालिन माओवादी निकट रहेर सांगठनिक कामहरुमा सक्रिय थिए । नेकपाको घोषणा हुनु अघि उनी वाईसिएल नेपालको दोलखा इन्चार्जको जिम्मेवारीमा समेत थिए । जिल्लाको भूगोल र जनताहरुबीच गएर काम गरेको अनुभव र अध्ययनशिल स्वभावका कारण केसी राजनितिक क्षेत्रमा परिपक्व व्यक्ति हुन् । यस्तै, सहइन्चार्जको जिम्मेवारी पाएका, तत्कालिन यूवा संघका दोलखा अध्यक्ष महाराज गुरुङ पनि यूवाहरुबीच लोकप्रिय मानिन्छ । हाल उनी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङको सचिवालयमा सक्रिय छन् ।
राष्ट्रिय यूवा संघ नेपाल दोलखा संयोजकमा धिरज सुवेदी र सहसंयोजकमा नवराज अर्यालले जिम्मेवार पाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्