राष्ट्रपति विद्यादेवी भण्डारी र भारतीय विदेश मन्त्रीबीच भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारी र भारतीय विदेश मन्त्रीबीच भेटवार्ता

काठमाडौं ।  नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकर र राष्ट्रपति विद्यादेवी  भण्डारी विच भेटघाट भएकाे छ  । जयशंकरले बिहीबार बिहान राष्ट्रपति निवास शीतल निवास पुगेर राष्ट्रपतिसमक्ष भेटवार्ता गरेका हुन् ।

त्यसैगरी सत्तारुढ दल नेकपाका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति तथा पुर्वप्रधानमन्त्री शेरबहादुर देउवा लगायतका विभिन्न दलका नेताहरुलाई पनि भेट्ने कार्यक्रम रहेकाे छ । विदेश मन्त्री जयशंकरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भने हिजो नै भेट्वार्ता गरेका छन । नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन उनि हिजो नेपाल आएका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालमा विदेशमन्त्री भएपछि जयशंकर पहिलो पटक नेपाल आएका हुन । हिजो र आज दुई दिन चल्ने बैठकमा दुईपक्षीय सम्बन्ध, आर्थिक सहकार्य, व्यापार तथा पारवहन, ऊर्जा र जलस्रोत, संस्कृति, शिक्षालगायत विषयमा छलफल भएको छ । उनि आजै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्