रामेछाप/ रामेछापको दुरागाउँमा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन ।
शनिबार बिहान लिखु तामाकोशी गाउँपालिका–१, दुरागाउँको गुरुवाङमा ना ४ च ६२०५ नम्बरको जीप सडकबाट तल खसेर दुर्घटना भएको हो। दुरागाउँबाट दुरागाउँकै फेदी तर्फ जाँदै गरेको सुमो दुर्घटनामा चालक क्याल्बु तामाङको घटना स्थलमै मृत्यु भएको र लिखुतामाकोशी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष निङ्मार तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक सन्तोषकुमार भट्टराईले जानकारी दिए।
मृतक चालक पनि दुरागाउँकै रहेका छन् । वडा अध्यक्ष तामाङको सदरमुकाम मन्थलीमा उपचार भइरहेको छ । उनको अबस्था खतरामुक्त रहेको भट्टराईले बताए।
प्रतिक्रिया दिनुहोस्