राजधानिमा बम विस्फोट : ३ जनाको मृत्यु, ६ घाइते

राजधानिमा बम विस्फोट : ३ जनाको मृत्यु, ६ घाइते

काठमाडौं । राजधानि स्थित सुकेधारा र घट्टेकुलोमा भएको बम विस्फोटमा परी तीन जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

सुकेधारा र घट्टेकुलो दुबै स्थानमा घटनास्थलमा एक एक जना मृत भेटिएका छन् भने ओम अस्पतालमा उपचारका क्रममा एक जनाको मृत्यु भएको छ । ओम अस्पतालमा मृत्यु हुने सुकेधारा विस्फोटका घाइते हुन् । ओम अस्पतालमा अरु ५ जनाको उपचार भइरहेको छ ।

घट्टेकुलो विस्फोटका घाइते रविन केसीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सुकेधारा विस्फोटमा घाइते भएका सुरेन्द्र महर्जन विप्लव समूहको भातृ संस्था नेवा मुक्ति मोर्चाका नेता रहेको प्रहरीले जानकारी दिएको छ ।आइतबार दिउँसो ४ बजे तिर काठमाडौं क्षेत्र नम्बर ४ स्थित सुकेधाराको ढलाने पुल नजिकै एक शैलुनमा अज्ञात बस्तु पड्कदा दुई जनाको मृत्यु भएको थियो ।

यसैबिच सुकेधारा विस्फोटको घटनास्थलमा मारिएकाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । यसअघि उपचारका लागि अस्पताल लगिदै गर्दा बाटैमा निधन भएका एकको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो।

प्रतिक्रिया दिनुहोस्