राजदरबार हत्याकाण्ड हुँदा रबि र मैैले सँगै एउटै सैलुनमा गएर कपाल मुण्डन गरेका थियौंः गायक ढकाल

राजदरबार हत्याकाण्ड हुँदा रबि र मैैले सँगै एउटै सैलुनमा गएर कपाल मुण्डन गरेका थियौंः गायक ढकाल

काठमाण्डौ । पछिल्लो समय पत्रकार सालिकराम पुडासैनीको मृत्यु प्रकरणमा टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने प्रकाउ परे सँगै घटना झन् झन् गम्भीर हुँदै गइरहेको छ । देशका विभिन्न ठाउँ बाट रवि लामिछानेको समर्थनमा जनता समर्थक सडकमा उत्रिएका छन् । यसै क्रममा गायक राम कृष्ण ढकाल अनुसन्धानको लागी हिरासतमा राखिएका रवि लामिछानेलाई चितवनमै पुगी भेटेर आए । रवि लामिछाने र रामकृष्ण ढकाल पुराना साथि हुन । रविले लेखेको एउटा गीत (तिम्रो आगमनले) रामकृष्णले गाएका छन । आफुहरुले धेरै कन्सर्टमा सँगै भाग लिएको रामकृष्ण बताउछन । अमेरिका जानु अगाडि उ मसित धेरै रोएको थियो । रामकृष्णले सम्झीए ।

रबिलाई भेटेर आएपछी एक अनलाईन सँगको अन्तरवार्तामा उनले एउटा खुलासा गरेका छन । त्यो खुलासा हो राजसंस्था सँग रबि पनि नजिक थिए । सिधकुरा जनता सँग कार्यक्रम चलाएर जनताको मन जितेका रबि लामिछालाई पछिल्लो समय केहि आलोचकहरुले राजसंस्थाको सर्मथकको रुपमा पनि हेरेका छन । गायक ढकालले पनि पुराना दिन सम्झिदै राजदरबार हत्याकाण्ड हुँदा रबि र आफु दुवैले सँगै एउटै सैलुनमा गएर कपाल मुण्डन गरेको कुरा सम्झेका छन् । भलै अस्तित्वमै नरहेको राजसंस्था र पुराना दरबारीयाहरुको आडमा उनले रबिले आफ्ना समर्थकहरु पर्दशनमा उतारेको कुनै तथ्य भेटीदैन ।

रामकृष्ण ढकालले त सार्वजनिक रुपमानै आफु राज संस्था सँग नजिक रहेको कुरा बताउदै आएका छन । उनको स्वरको राजसंस्था परीवार फ्यान नै थियो । राजसस्थाकोपालामा उनले धेरै अवार्ड हरुपनी हात पारेका थिए । उनि पुर्वयुवराज पारस शाह सँग पनी नजिक थिए । तर पुर्व युवराज पारस र गायक ढकाल बीच भएको लफडाले एक जमाना राम्रै बजार तताएको थियो । त्यो समय पुर्व युवराजले श्रीमती साट्ने प्रस्ताव गरेको र ढकालले नमान्दा उनलाई पारसले कुटेको पनि हल्ला बजारमा चलेको थियो । त्यस पछि उनिहरुको सम्बन्ध के छ भन्ने कुरा बाहिर आएको छैन ।

रवि लामिछानेलाई भेटेपछि फेसबुकमा स्टाटस लेख्दै गायक रामकृष्णले पत्रकार शालिकराम पुडासैनीको रहस्यमय निधनका सम्बन्धमा प्रहरीले गरिरहेको छानबिनलाई सहयोगले सहयोग गर्नुपर्ने बताएका छन ।

संविधानभन्दा माथि कोही पनि छैन । प्रजातन्त्रको सुगन्ध नै विधिको शासन हो । मित्र रवि लामिछानेका सहकर्मीको आत्मा हत्या…

Gepostet von Ram Krishna Dhakal am Montag, 19. August 2019

रबि प्रहरी हिरातिमा भेटेर आएपछि रबि आफू निर्दोष छु भन्नेमा ‘कन्फिडेन्ट’ देखेको रामकृष्णले बताएका छन । यो घटनामा रवि मुछिनु एउटा दुर्भाग्य हो । मलाई उ दोषी होला भन्ने लाग्दैन । एउटा होनहार पत्रकार बित्नुभो, त्यसमा हामी सबै दुःखी छौं । तर, घटना प्रकरण सबै विश्लेषण गर्दा रविलाई फसाउने चालबाजी भइरहेको छ कि भन्ने आशंकाहरु उब्जिन्छन् । उनले भनेका छन । प्रहरीले रबि लाई गिरफ्तार गर्नु नै चहि गलत नभएको उनि बताउछन । कुनै व्यक्तिले मर्नु अगाडि उसलाई आरोपित गरिसकेपछि अनुसन्धानका लागि हिरासतमा लिइनु स्वाभाविक नै थियो । अहिले नयाँ बनेको कानूनले पनि यस्तो विषयलाई सम्वोधन गरेको छ । तर, पाँच दिन म्याद थपिनुचाहिँ स्वाभाविक होइन भन्ने लाग्छ । त्यसै रबि निर्दाेष छन भन्दै बाहिर रविको पक्षमा भइरहेको आन्दोलनमा उनको समर्थन छ ।

ल्यकालमा गायक बन्ने रहरले घर छोडेर काठमाडौं आएका रामकृष्ण निकै संघर्ष गरेर यहाँसम्म आएका हुन् । सयौं हिट गीतहरु दिएका ढकाल पछिल्लो समयमा भने केही सुस्ताएका छन् । बरु केही अप्रिय खालका विवादहरुमा उनी तानिए । गत वर्ष नेपाल आइडलमा अतिथि निर्णायकको रुपमा दिएको प्रतिक्रियालाई लिए उनले एउटा समुदायबाट कडा आरोपको सामना गर्नुर्पयो । यसैगरी एउटा सहकारीबाट लोन लिएर नतिरेको भनेर उनको नाममा पत्रिकामा हालै सूचना निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्