सप्तरीको राजगढ नगरपालिकामा स्वास्थ्य बिमा अभ्यास गर्नको लागि सरोकारवालाहरुबिच अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य बिमा बोर्ड टेकुको आयोजनामा स्वास्थ्य बिमाको बारेमा जानकारी दिने उद्देश्यले अभिमुखिकरण कार्यक्रम गरिएको हाे।
कार्यक्रममा स्वास्थ्य बिमामा रहेका सेवाहरु स्वास्थ्य जाच, बहिरड्ग सेवा, अन्तरग सेवा, आकास्मिक सेवा, शल्याक्रिया, निदानात्मक सेवा, औषधी जस्ता सेवामा प्रति ५ जनाको परिवारलाई रु १ लाख बराबरको स्वास्थ्य सेवा सुविधा दिइने व्यवस्था मिलाईको जानकारी गराईएको थियो । ५ जना सम्मको परिवारले बार्षिक रुपमा प्रति परिवार ३ हजार ५ सय तिर्नु पर्ने र त्यस बर्ष उक्त परिवारको रु १ लाख बराबरको स्वास्थ्य बिमा हुने र परिवारमा ५ जनाभन्दा बढि सदस्य भए, प्रति थप सदस्यको रु ७००।– का दरले थप रकम तिर्न पर्ने व्यवस्था रहेको छ ।
राजगढ गाँउपालिकाका अध्यक्ष परमानन्द यादवको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा, उपाध्यक्ष पुष्पमाला कुमारी मण्डल, गाँउपालिकाकाका ६ वटै वडाका वडाध्यक्षहरु, गाँपालिकास्थीत सम्पुर्ण शाखाका कर्मचारीहरु, स्वास्थ्य कर्मचारी लगायत सम्पूर्ण सरोकारवालाहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको समापन गर्दै गाँउपालिका अध्यक्ष यादवले स्वास्थ्य विमा कार्यक्रमले स्वास्थ्यमा महत्वपूर्ण सुधार ल्याउने भनाई राख्नुभयो । साथै उहाँले यस कार्यक्रमले विकट तथा ग्रामिण क्षेत्रका जनताको स्वास्थ्यमा पहँचु पुग्ने भन्दै कार्यक्रमलाई प्रभावकारी बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । आम नागरिक बिरामी पर्दा यस कार्यक्रमले आर्थिक सुरक्षा प्रदान गर्ने भएकाले कार्यक्रम प्रभावकारी हुनेमा उँहालेले विश्वास व्यक्त गर्नुभयो । सरोकारवालाहरुले स्वास्थ्य बिमा कार्याक्रम राजगढबासीका लागी लाभदायी हुनसक्ने बताएका थिए ।
अब केहि समय पछिनै राजगढ गाँउपालिकामा स्वास्थ्य बिमा कार्यक्रम लागु हुदैछ उक्त कार्यक्रममको लागी कर्मचारी छनौट गरीने गाँपालिकाले जनाएकोछ । स्वास्थ्य बिमा बोर्डले नै गाँउपालिकाकाको प्रत्यक वडामा एक जना दर्ता सहयोगी राख्ने गाँउपालिकाका सुचना प्रबिधि अधिकृत चन्द्र किशोर यादवले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्