काठमाडौं। श्रीलंकामा हुन लागेको एसीसी यू–१९ एसिया कपका लागि १५ सदस्यीय नेपाली टिमको घोषणा गरिएको छ । एसीसी यू–१९ एसिया कपमा पनि रोहितकुमार पौडेलले नै नेपालको कप्तानी गर्नेछन् ।
एसीसीलाई पठाएको १५ सदस्यीय खेलाडीको सूचीमा गएको महिना भएको एसीसी इस्टर्न रिजन च्याम्पियनसिपममा सहभागि भएका तीन जना खेलाडी परिवर्तन भएका छन् ।
यसपटक आसिफ शेख, सन्दीप जोरा र सूर्य तामाङ फेरी टिममा फर्किएका छन् । यस्तै, विशाल विक्रम केसी, तिलक भण्डारी र लोकेश बम टिमबाट बाहिरिएका छन् । नेपालले एसीसीको तयारी ढिलो गरि सुरु गरेको हुँदा एसीसीमा खेलाडीको सूची पनि केहि दिन ढिलो गरी पठाएको थियो ।
यसअघि यू १९ टिममा पर्न नसकेका विकेटकिपर ब्याट्सम्यान आसिफ शेख, युवा स्पिनर सूर्य तामाङ र विस्फोटक ब्याट्सम्यान सन्दीप जोरालाई यसपटक टिममा राखिएको हो ।
कप्तान रोहितकुमार पौडेल
रित गौतम
पवन शर्राफ
मोहम्मद आशिफ शेख
सन्दीप जोरा
भीम सार्की
हरिबहादुर चौहान
कुशल मल्ल
रासिद खान
कमलसिंह ऐरी
सागर ढकाल
खडक बहादुर बोहरा
सूर्य तामाङ
लोकेस बहादुर बम
प्रतिस जिसी
प्रशिक्षक विनोद दास, म्यानेजर राजु खड्का, ब्याटिङ प्रशिक्षक अपुर्भा देसाई, फिजियो बिक्रम न्यौपाने र ट्रेनर सुवास पात्रो । नेपाली टिम शनिबार श्रीलंका जाने छ ।
प्रतिक्रिया दिनुहोस्