युवाहरुलाई स्वारोजगार बनाउने अभियानमा, बैतडिको पाटन नगरपालिका

युवाहरुलाई स्वारोजगार बनाउने अभियानमा, बैतडिको पाटन नगरपालिका

कबिता पोखरेल ।

बैतडिको पाटन नगरपालिका नगरभित्रै युवाहरुलाई स्वारोजगार बनाउने अभियानमा जुटेको छ ।

युवाहरु बिदेशिने समस्याले नगरमा युवा जनशक्तिको अभाव हुदै गएको नगर प्रमुख केशव बहादुर चन्दले बताउनुभयो । अब आफनै गाउँमा केहि गर्न सकिन्छ भन्ने कुरालाई प्रमाणीत गर्न नगरपालिका युवा स्वारोजगार अभियानमा लागेको उहाँले बताउनु भयो । उहाँका अनुसार नगरपालिकाले स्थानिय नागरिकलाई गाँउमानै स्वरोजगार बनाउन युवालक्षित कार्यक्रमहरु संचालन गरिरहेको छ । युवाहरुलाई कृषि र पुशपाल लगायतको उत्पादमुलक क्षेत्रमा आकर्षित गर्न नगरले बिभिन्न सिपमुलक तालिम, सिलाई कटाईको तालिम लगायतका विभिन्न प्रकारका तालिमहरु संचालन गर्दै आएको छ । पशुपालन, कृषि फार्म संचालन गर्न चाहानेहरुलाई अनुदान दिने व्यवस्था पनि गरिएको छ ।

नगरपालिकाले केन्द्र र प्रदेश सरकारको अनुदान सँगसगै आफ्नै स्थानिय श्रोतसाधन परिचालन गरि सडक, खानेपानि, शिक्षा, स्वास्थ्य लगायतको क्षेत्रमा बिकासका कामहरु अघि बढाएको छ ।
२ करोड ५० लाखको लागतमा नगरपालिकाको सुविधा सम्पन्न भवनको निर्माण कार्य जारी छ भने अन्य वडाका कार्यालयका भवनहरुपनि बनिरहेका छन । यस्तै पर्यटकिय क्षेत्रहरुलाई प्रचारप्रसार गरि फिदिम पर्यटकिय स्थलको रुपमा चिनाइने नगरप्रमुख चन्दले बताउनुभयो । नगरपालिकाले सडक, भौतिक पुर्वाधार निर्माण, खानेपानी, विद्युत, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन प्रवद्र्धन लगायतलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ ।

कोराना महामारीले गाउँपालिकालाई असर गरेपनि हरेक परिस्थितीको सामना गरेर अघि बढ्ने योजना रहेको नगर प्रमुख चन्दले बताउनुभयो । उहाँका अनुसार कोरोना भाइरसबाट प्रभावित भएका व्यक्तिहरुको लागि गाँउपालिकाले प्रयाप्त मात्रमा क्वारेन्टाइन र आइसोलेशनहरु बनाएको छ । महामारीको सुरुमा गाउँपालिकाले बाहिर रहेका नागरिकहरुलाई उद्धार गर्ने काम गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्