‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणा बोकेको स्थानिय सरकार गठन भएको साढे तीन वर्ष बित्न लागेको छ । जनताको विश्वास अनि भरोसा जितेका जनप्रतिनिधिहरुले आ–आफ्नो क्षेत्रबाट कार्य गर्दै आएका छन् । धनुषाको औरही गाउँपालिकाका जनप्रतिनिधिले प्रतिबद्धता पूरा गरेकामा स्थानीय खुसी छन् । स्थानीय तहबाट निर्वाचित जन प्रतिनिधिहरु आएसँगै गाउँमा विकासको लहर नै छाएको स्थानीयहरुको भनाई छ ।
आफुहरुले सकेसम्म राम्रो काम गर्ने प्रयास गरेको र जस्को मुल्यांकन गर्ने जिम्मा जनतामा नै छोडेको गाउँपालिका अध्यक्ष सिद्धार्थ यादव बताउनुहुन्छ । गाउँपालिकाले शिक्षा, स्वास्थ्य, सडक, सामुदायिक भवन, सरकारी भवन, खानेपानीलगायत क्षेत्रमा काम गर्दै आएको छ । अध्यक्ष यादव अनुसार गाउँपालिकाले युवाहरुकोलागी सिपमुलक कार्यक्रम संचालन गरेको छ । गाउँपालिकाले कृषिका लागि बजारको व्यवस्थापन, महिलाको लागी सीपमूलक कार्यक्रम, रोजगारीमूलक कार्यक्रमहरू ल्याएको छ । आफूहरूले ल्याएको दाबी गर्नुभयो । कृषक समुहहरुलाई बिना धितो ऋण उपलब्ध गराइएको छ । आफूले प्रतिबद्धता जनाएका योजनामध्ये केही मात्र बाँकी रहेको गाउँपालिका अध्यक्ष यादव बताउँनुहुन्छ । उहाँले भन्नुभयो, ‘अवको डेढ वर्षको समयावधिमा बाँकी रहेको सबै प्रतिबद्धता हामी पूरा गर्नेछौँ ।’
गाउँपालिकाको केन्द्र सम्म सम्पुर्ण वडाहरुलाई जोड्ने सडक विस्तारमा गाउँपालिका लागि परेको छ । गुणस्तरिय र प्रविधिक शिक्षामा जोड दिएको गाउँपालिकाको पहलमा १० वटा ४ कोठे बिद्यालय भवन निर्माण भएका छन ।
विश्वभर फैलिएको कोरोना महामारीको असर बासबरिया नगरपालिकामा पनि पर्यो । तर कोरोना भाईरसबाट याहाँका नागरिकलाई सुरक्षित राख्न गाउँपालिकालागि परिहेको छ । कोरोना माहामारिमा नगरपालिकाले पिडितहरुलाई राहत वितरण मास्क सेनिटाइजरको बितरण, आर डि टि र पिसिआर परिक्षण लगायतको कार्य गरेको थियो । आगामी दिनमा कोरोना माहामारीको असरलाई कम गर्दै समग्र बिकासको काममा केन्द्रित हुने गाउँपलिकाका अध्यक्ष यादवको योजना छ ।
प्रतिक्रिया दिनुहोस्