मेलुङ उद्धार अभियान : विदुर शर्मा र शंकर लामाको उत्कृष्ट प्रयासका कारण बन्यो प्रेरणादायी

मेलुङ उद्धार अभियान : विदुर शर्मा र शंकर लामाको उत्कृष्ट प्रयासका कारण बन्यो प्रेरणादायी

काठमाडौं । काठमाडौंमा देशभरका नागरिकहरु बसोबास गर्ने गर्दछन् । त्यसमा दैनिकरुपमा ज्यालादारी गर्ने मजदुरवर्ग र सुनौलो भविष्यको सपना बोकेर आएका विद्यार्थीहरुको अवस्था सधैं दयनिय हुने गर्दछ ।  कोरोना भाईरसको विश्वव्यापी महामारी फैलिरहदा गत चैत्र ११ गतेदेखि सरकारले एक्कासी गरेको बन्दाबन्दी अर्थात लकडाउनसंगै मजदुरहरु काठमाडौंमा सास्ती व्यहोरेरै कष्टकर दिनहरु बिताइरहे । रोग भन्दा भोक ठूलो भने जस्तै सरकारले राहत उपलब्ध गराउने भनेपनि राहत नपाएपछि अव उनीहरुसँग घर फर्किनु भन्दा अर्को कुनै विकल्प थिएन् । सरकारले उपलब्ध गराउन सवारी पाससम्म उनीहरुको पहुँच
हुने कुरै भएन् । त्यसकारण, सहरी विद्रोहको संकेत दिनेगरि मध्यरातमा उनीहरु घरको यात्रा तय गर्ने गर्दथे ।


रातको समय, भोक प्यास सहेर पनि ५/६ दिनको पैदल यात्रा र त्यसमा पनि विभिन्न ठाउँमा स्थानीय र प्रशासनको अवरोध तथा केरकारका कारण मजदुरको गाउँ फर्कने यो विकल्प झनै पिडादायी बन्यो ।
यसै विषयलाई मध्यनजर गरेर नेकपा दोलखाले राजधानीमा फसिरहेका मेलुङवासीहरुको समस्या समाधान गर्नका लागि संस्थापक नेता शंकर लामालाई जिम्मेवारी प्रदान गरेको थियो । तर, कडा लकडाउनकाबीच कसैलाई  सहयोग गर्नु सहज थिएन । यो अवस्थालाई, नजिकबाट नियालिरहेका मेलुङकै स्थानीय
तथा  जिसस दोलखा, सदस्य विदुर शर्माले शंकर लामासहित सबैसँग सहकार्य गरेर काठमाडौंमा छटपटाइरहेका मजदुरहरुलाई गाउँ फर्काउने अठोटका साथ वैशाख ८ गते दर्जनौ सवारी साधनहरुको व्यवस्थापन गरि मजदुर र विद्यार्थीहरुलाई उद्धार गरेर मेलुङ पठाए ।

उनीहरुको यो अभियानमा प्रदेश सांसद विशाल खड्का र नेता रविन्द्र कार्कीले पनि हौसला प्रदान गरे । यस्तै, अखिल नेपाल यातायात मजदुर संघका केन्द्रिय उपाध्यक्ष सुन्दर केसी, नेकपाका युवा नेता तथा समाजसेवीहरु शैलेन्द्र खड्का, वसन्त लामा, छिरिङ लामा, लोप्साङ लामा, सज्जन लामा, भूमिराज चौलगाई, सरोज तामाङ, वासु भण्डारी, विकल श्रेष्ठ, राजु कार्की, श्रीराज पोखरेल र नारायण मगर लगायतका युवाहरु एकजुट भएपछि उद्धार अभियान व्यवस्थित र अनुकरणीय बन्न पुग्यो ।
वैशाख ९ गत विहान मेलुङ उद्धार अभियानको चर्चा र प्रशंसा मुलुकभरबाट भयोे र यसबाट प्रभावित भएर वैशाख ९ गते लाखौं मानिसहरु दोलखा, रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली लगायतका आफ्नो जिल्ला फर्किन सफल भए । यसले १० गते पनि निरन्तरता पायो । सुरुमा लकडाउनको उल्लङ्घन भयो भन्दै अवरोध गर्न अगाडि बढेको प्रहरी प्रशासन पनि घर फर्किन पाउदा मजदुरहरुमा देखिएको उत्साहबाट प्रभावित भएर उल्टै सहजकर्ता बन्ने पुगे ।


अन्य स्थानहरुमा गएकाहरु मध्ये अधिकांशले आफै बस भाडाको रकम व्यहोरे तर करिव २५ सय मेलुङवासीले कुनै रकम नै नतिरी घर पुगे अनि राहतको श्वास लिए । भोक भोकै कष्टकर समय बिताइरहेका मजदुर र विद्यार्थीहरुसँग न पैसा नै थियो र न उद्धारमा खटिएकाहरु उनीहरुबाट भाडा बापतको रकम माग्न चाहन्थे ।
मेलुङ उद्धारकोे क्रममा करिब ५५ यात्रुबाहक बसहरु प्रयोग भएका थिए र यसबापतको करिब २२ लाख रकम कसले र कसरी तिर्ने त भन्ने जिज्ञासाहरु आइरहदा वैशाख १० गते गठठघरमा पत्रकारहरु नै राखेर विदुर शर्माले व्यक्तिगत रुपमै २० लाख ६० हजार रुपैयाँ व्यहोर्ने र बाँकी मेलुङ निवासी तथा नेकपा दोलखा जिल्ला कमिटी सदस्य शैलेन्द्र खड्काले १ लाख र युवा व्यवसायी वसन्त लामाले ४० हजार सहयोग उपलब्ध गराउने घोषणा गरे ।


यस्तै, गठ्ठाघरको अरनिको राजमार्गसंगै रहेको वर्गर हाउसका सञ्चालकद्धय काठमाडौं निवासी श्रीभक्त काशीछवा र वसन्त लामाले सो अवधीभर निशुल्क खाना खुवाएर अभियानलाई सहयोग गरे । पत्रकार सम्मेलनमा उनीहरु सबैले मजदुर र विद्यार्थीहरुको कष्टलाई महशुस गरेर र मानवीयताको लागि मात्र सेवा गरेको भनाई राखे । त्यस्तै, नेता शंकर लामाले अभियानलाई सफल बनाउन सहयोग गर्ने सबैमा हार्दिक आभार व्यक्त गर्दैै अझै मानवीयता हराइसकेको छैन् है, भन्ने सन्देश प्रवाह गर्न मेलुङ उद्धार अभियान महत्वपूर्ण उपलब्धि सावित भएको भनाई राख्नु भयो ।


मेलुङ उद्धार अभियानसम्बन्धी संचारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैं बागमती प्रदेशका सांसद विशाल खड्काले उद्धार अभियानले तीनै तहका सरकार र आमदेशवासीहरुमा महत्वपूर्ण शिक्षा दिएको भनाई राख्नु भयो ।

यस्तै, फेसबुक लगायतका सामाजिक सञ्जालहरुमा, मजदुर र विद्यार्थी उद्धार अभियानलाई सम्बन्धित स्थानीय तहले व्यवस्थापन गर्नु पर्ने तर्कहरु पनि भईरहेका छन् । विगतको तुलनामा पर्याप्त बजेट भएर पनि खासै दिगो विकासका कामहरु गर्न नसकिरहेको भन्दै धेरैले सामाजिक सञ्जालमा आफ्नो नागरिकहरुको उद्धार गर्न पनि स्थानीय सरकार चुकेको भन्ने किसिमका धारणाहरु पनि राखिरहेका छन् ।
त्यस्तै, लाखौं मजदुरहरु गाउँ फर्किएपछि त्यसले कोरोना भाईरसको जोखिमलाई थप बढाएको विषयमा पनि सामाजिक सञ्जालहरुमा चिन्ताहरु प्रकट भइरहदा त्यसको लागि स्थानीय सरकारले प्रभावकारी भूमिका खेल्नु पर्ने सुझावहरु पनि आएका छन् ।

प्रतिक्रिया दिनुहोस्