महिलाहरुलाई सिपमुलक तालिम मार्फत अत्मनिर्भर बनाउदै, बाराको प्रसौनि गाउँपालिका

महिलाहरुलाई सिपमुलक तालिम मार्फत अत्मनिर्भर बनाउदै, बाराको प्रसौनि गाउँपालिका

बाराको प्रसौनि नगरपालिकाले महिलाहरुलाई सिपमुलक तालिम मार्फत अत्मनिर्भर बनाउने योजना बनाएको छ ।

सिपमुलक कार्यक्रम मार्फत गाउँपालिकालाई महिलामुखी बनाईने अध्यक्ष भोला प्रसाद गुप्ताले बताए । अध्यक्ष गुप्ताले महिलाको सशक्तिकरणमा गाउँपालिकाले कुनै कसर बाँकी नराख्ने समेत बताएका छन । पछाडी परेका मधेशी महिला एवं छोरीहरुको सशक्तिकरणमा गाउँपालिकाले धेरैखाले योजना अघि सारेको छ । सूत्केरी हुँदा पौष्टीक आहार, छोरीको जन्महुँदा २ हजार नगद, शैक्षिकस्तर उन्नतीका लागि आर्थीक सहायता जस्ता कार्यक्रम ल्याएका छौं, अध्यक्ष गुप्ताले भने । महिलाहरुले अगुवाई गर्ने सामाजिक गतीविधि र सहकारी अभियानमा गाउँपालिका सहयात्री बन्ने छ, गुप्ताले भने ।

प्रदेश सरकारको बेटी पढाउ बेटी बचाउ अभियान पनि गाउँपालिका सक्रियताको साथ संचालन गरेको छ । स्थानीय तह निर्वाचनको समयमा नै स्वच्छ छवी भएका र इमान्दार एवं विकासप्रेमी उम्मेदवार कहलिएका थिए प्रसौनी गाउँपालिकाका अध्यक्ष भोल प्रसाद गुप्ता । निर्वाचित भएसँगै आफूले सबैसँग विकास, सामाजिक न्याय लगायतका विषयमा सहकार्य गर्दै काम गर्ने बताएका थिए । अहिले अध्यक्ष गूप्ता यसैको पक्षमा लागिपरिरहेका छन् ।
शिक्षा, स्वास्थ्य, बिकास पुर्वाधार लगायत सम्पुर्ण क्षोत्रलाई समेटेर काम भएको अध्यक्ष गुप्ता बताउछन ।

शिक्षाको क्षेत्रमा गाउँपालिकाले सामुदायिक बिद्यालयहरुमा ल्यापटप, कम्प्युटर लगायतको शैक्षिक सामाग्रि बितरण गरेको छ । स्वास्थ्यको क्षेत्रमा गाउँपालिकाले हरेक वडामा बर्थिङ सेन्टर निर्माणको योजना अघि बढाएको छ । यस्तै मोतिबिन्दु भएकाहरुलाई निःशुल्क आखा जाँचको ब्यवस्था गरिएको छ । सडकमा नयाँ ट्रयाक खोल्ने र भएका सडकहरुको स्तरोन्नति र कालोपत्रे गर्ने काम पनि धमाधम भईरहेको छ । ७ वटै वडाहरुलाई गाउँपालिकाको केन्द्रसम्म जोड्ने सडकको निर्माण गरिएको छ । गाउँपालिकाका सबै वडामा अहिले बाह्रै महिना यातायात सञ्चालनका गर्नका लागि सडक पुगेको छ भने सबै वडामा बिजुली विस्तार भइसकेको छ । ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउने कृषि सडकको स्तरोन्नतिमा गाउँपालिकाले विशेष ध्यान दिएको छ । तरकारी उत्पादन र दूध उत्पादनको हिसाबले पकेट क्षेत्र रहेको यो गाउँपालिकाले आफ्नो स्रोतले भ्याएसम्म र आफ्नो स्रोतले नभ्याएको अवस्थामा अन्य स्रोतको खोजी गरेर तरकारी र दूध उत्पादन बढाउने बजारीकरण गर्नेदेखि लिएर किसानलाई सहयोग गर्ने विषयमा कुनै कसर बाँकी नराखेको गाउँपालिका अध्यक्ष गुप्ता बताउँछन् ।

आर्थिक अभावका कारण व्यवसाय गर्न नसकेकाहरूलाई लक्षित गदै गाउँपालिकाले अनुदान र निब्र्याजी ऋण उपलब्ध गराएको छ । गाउँपालिकाभित्र रहेका फलफूल उत्पादन क्षेत्रहरूको पहिचान गरी कुन स्थानमा कुन जातीका फलफूल उत्पादन गर्न सकिन्छ भन्ने योजना बनाई ति क्षेत्रका किसानलाई फलफूलका बिरुवा उपलब्ध गराएको छ । बाँझो जग्गालाई कसरी व्यवस्थापन गर्न सकिन्छ र किसानले समेत बाँझो छोडेका जग्गालाई उपयोग गर्न र त्यस्ता जग्गाबाट केही न केही आयआर्जन गर्न प्रोत्साहित गर्नेका लागि सय मुरी धानका लागि २० हजार सम्मान, पचास मुरी मकैलाई २० हजार तथा सय टन तरकारी २० हजार पुरस्कार जितौंजस्ता पुरस्कारसहित कार्यक्रम सञ्चालन गरेको छ ।

कृषि क्षेत्रका लागि १ करोड ३९ लाख बराबरको बजेट विनियोजन गरेको छ भने पशुपालनतर्फ समेत यवालाई लक्षित गर्दे विभिन्न कार्यक्रम ल्याएको छ । घरेलु तथा साना उद्योग लाई समेत प्रोत्साहन गरेको छ भने संघीय सरकारको एक स्थानीय तह एक औद्योगिक ग्रामको नीतिअनुसार उद्योग मन्त्रालयको वहुवर्षीय योजनाअन्तर्गत गाउँपालिकाले आफ्नो पालिकाको दुर्गम क्षेत्रमा औद्योगिकग्रामको निर्माणको काम सुरु छ । पर्यटन क्षेत्रका लागि यस गाउँपालकाभित्र रहेका सांस्कृतिक, ऐतिहासिक र प्राकृतिक पर्यटकीय क्षेत्रलाई एकीकृत रूपमा विकास गर्दै यस्ता स्थानको प्रचारप्रसार भौतिक संरचना निर्माण लगायतका कामलाई प्राथमिकतामा राख्दै काम गरिरहेको छ ।

विश्वभर फैलिएको कोरोना महामारीको असर पासौनी गाउँपालिकालाई पनि देखियो तर जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासीहरुको साथ सहयोगले यहाँ नागरिकलाई सुरक्षित राख्न गाउँपालिका सफल भएको छ । कोरोना माहामारीमा गाउँपालिकाले पिडितहरुलाई राहत वितरण, मास्क , सेनिटाइजरको बितरण, आरडिटि र पिसिआर परिक्षण गर्दै यसको नियन्त्रण गर्ने प्रयासहरु गरेको थियो । यसले पनि प्रसौनी गाउँपालिकाको प्रभावकारी योजना र चुस्तदुरुस्त व्यवस्थापनलाई झल्काउदछ । आगामी दिनमा गाउँपाकिाबासीहरुको हित र अपेक्षालाई मध्यनजर गर्दै बिकासका कामहरुलाई अगाडि बढाउने योजना, अध्यक्ष गुप्ताको छ ।

प्रतिक्रिया दिनुहोस्