महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता फेरिए

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता फेरिए

काठमाडौं। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता फेरिएका छन् । यसअघि प्रहरी नायव उपरीक्षक (डिएसपी) होविन्द्र बोगटी प्रवक्ताको जिम्मेवारीमा रहेकोमा अब कृष्णकुमार चन्द प्रवक्ता तोकिएको परिसरले जनाएको छ ।

प्रवक्ताको जिम्मेवारीमा रहेका डिएसपी बोगटी बिदामा बसेकाले मुद्दा शाखाका अर्का डिएसपी चन्दलाई प्रवक्ताको जिम्मेवारी तोकिएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंबाट हुने विभिन्न काम र जनसरोकारका विषयमा जानकारी लिन प्रवक्ता चन्दबाट जानकारी लिन सकिने परिसरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्