मन्थली नगरपालिकाले सप्ताहब्यापी कार्यमक्रम गरी बिश्व वातावरण दिवस मनाउदै

मन्थली नगरपालिकाले सप्ताहब्यापी कार्यमक्रम गरी बिश्व वातावरण दिवस मनाउदै

पुष्कर खड्का,रामेछाप । विश्वका एकसय ५० भन्दा बढी राष्ट्रमा एकै दिन हुन  लागेको विश्व वातावरण दिवस लाई मन्थली नगरपालिकाले सप्ताहव्यापी रूपमा मनाउने भएको छ । स्वच्छ वायु स्वस्थ जीवन भन्ने मूल नाराका साथ  बिहिबार मन्थलीको नागकन्या माध्यामिक विद्यालयको परिसरमा बिरुवा रोपेर सप्ताहब्यापी कार्यक्रमको सुरुवात गरिएको छ ।

मन्थली नगरापलिकाको आयोजना तथा सरकारी तथा गैरसरकारी संघ संस्था र बिद्यालयहरुको समन्वयमा सुरु गरिएको कार्यक्रम जेठ २२ गते बुधबार,(विश्व वातावरण दिवस)को दिन सम्म  सम्म संचालन हुने मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले बताए । फोहोरमैलाको व्यवस्थापन सबैको सरोकारको विषय भएको भन्दै बस्नेतले नगरलाई व्यवस्थित, सुन्दर र हराभरा बनाउन सम्पूर्ण नगरवासी क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो ।

साताव्यापी कार्यक्रम अन्तरगत शुक्रवार र शनिबार मन्थली मावि लगाएतका नगर बिद्यालयहरुमा बृक्षरोपण, आइतबार नगर स्तरीय वातावरण सम्बन्धी वक्तृत्वकला, सोमबार मन्थली बजार सरसफाई, मंगलबार वातावरण संरक्षण सम्बन्धि सचेतना पुस्तीकाबारे छलफल र बुधबार कार्यक्रमको समिक्षा र साँझ दिप प्रज्वलन गरी समापन गरीने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्