मन्त्री भट्टराईले आफुलाई भन्दा पहिले सिटौलालाई स्वागत गर्न भनेपछि

मन्त्री भट्टराईले आफुलाई भन्दा पहिले सिटौलालाई स्वागत गर्न भनेपछि

काठमाण्डौ ः  बुधबार बिहान करीब ९ बजे बुद्ध एयरको जहाजबाट संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराई र नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौला भरतपुर विमानस्थल उत्रिए ।

सरकारी अधिकारी, सत्ता पक्ष र प्रतिपक्ष आ–आफ्नै नेता तथा मन्त्रीको स्वागतमा फूलमाला लिएर विमानस्थलमा पुगेका थिए । जब जहाज रोकियो मन्त्री भट्टराई र नेता सिटौलासँगै झरे । उनीहरु गफिदै अघि बढ्दै गर्दा स्वागत गर्न जिल्लाका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत पुगे । बहालवालामन्त्री भएकाले बस्नेतले आफ्नो हातको खादा मन्त्री भट्टराई तर्फ जब लगे मन्त्री भट्टराईले रोक्दै सिटौला तर्फ देखाउँदै भने, “पहिला दाइलाई ।” उनको भनाईसँगै बस्नेतलेसँगै रहेका सिटौलालाई त्यही खादा पहिले ओडाए अनि मन्त्री भट्टराईलाई अर्को खादा ओडाए ।

यो सबै हेरिरहेका नेता कार्यकर्ता स्तब्ध देखिए । दुई खादा र फूल बोकेका धेरैले पहिले सिटौला र पछि मन्त्रीलाई खादा र फूलले स्वागत गरे । जिल्ला तहमा आरोप र प्रत्यारोपमा उत्रने स्थानीय नेता कार्यकर्तालाई सकारात्मक सन्देश दिँदै सम्मानको भावसँगै मन्त्री भट्टराई बाहिरिए ।

प्रतिक्रिया दिनुहोस्