मजदुर नेताहरु राहत लिएर मैदानमा उत्रिएपछि मजदुरहरुमा खुशियाली छायो

मजदुर नेताहरु राहत लिएर मैदानमा उत्रिएपछि मजदुरहरुमा खुशियाली छायो

काठमाडौं । कोरोना महामारीका कारण राजधानी काठमाडौंमा जारी कडा लकडाउनका बीच विशेषगरि दैनिक रोजगारी गर्ने मजदुर वर्ग कष्टकर जीवन यापन गर्न बाध्य भएको भन्दै अखिल नेपाल यातायात मजदुर संघ बाग्मती प्रदेश समितिको समन्वयमा नेपाल यातायात गोठाटार र एअरपोर्ट ट्याक्सी ईकाई कमिटीमा आबद्ध ७५ जना सदस्यको परिवारलाई राहतस्वरुप खाद्यन्न वितरण गरिएको छ ।

दोलखा जिल्ला समन्वय समितिका सदस्य विदुर शर्माले ५१ हजार सहयोग गरेपछि ३० बोरा चामल खरिद गरेर मजदुरहरुलाई वितरण गरिएको हो । चामल पाएपछि मजदुरहरुमा खुशियाली पनि छाएको छ । शर्माले दोलखाको मेलुङ गाउँपालिकावासीहरुलाई काठमाडौंबाट उद्धार गर्न २० लाख ६० हजार खर्च गरेर उदाहरणीय कार्य गरेका थिए ।
यस्तै, नेपाल राष्ट्रिय यातायात ब्यबसायी महांँसघका पर्यटन तर्फका संयोजक पुरषोत्तम सिंखडाले २५ हजार एवं अरनिको यातायातका पूर्व अध्यक्ष तथा नेपाल रास्ट्रिय यातायात ब्यबसायी महांसघका उपाध्यक्ष जित बहादुर भारती ७ हजार ५ सय सहयोगबाट पनि खाद्यन्न वितरण गरिएको छ ।
दिपक केसी, सुन्दर केसी , अशोक थापा, डम्बरसिंह ठकुरी, विष्णु गुरुङ र सनथ उप्रेती लगायतका अखिल नेपाल यातायात मजदुर संघसम्वद्ध केन्द्रिय नेताहरु मजदुरहरुको घरदैलोमा राहत पुर्याउन सक्रिय छन् । राहत वितरण कार्यक्रम वैशाख २३ र २४ तथा आवश्यक परे निरन्तर चल्ने जनाइएको छ ।

राहत वितरणका तस्विरहरुः

प्रतिक्रिया दिनुहोस्