मजदुरलाई राहत प्रदान गर्दै, परोपकारी सांगितिककर्मिहरु

मजदुरलाई राहत प्रदान गर्दै, परोपकारी सांगितिककर्मिहरु

सुर्य कुमार खड्का काठमाडौं ।

नोवेल कोरोना भाईरस को संक्रमणले प्रत्यक्ष मारमा दैनिक काम गरेर गुजारा चलाउने श्रमिकहरु भोकभोकै बस्नु नपरोस भन्ने पवित्र उदेश्यले काठमाडौ महानगरपालिका १६ नयाँबजार बस्ने वरिष्ठ समाजसेवी सांगीतिक क्षेत्रका चर्चित संगितकार प्राज्ञ श्री सुनिल मास्के को पहलमा संगितकार सचिन सिहं,संगितकार सुरेश महर्जन,म्युजिक एरेन्जर प्रदिप श्रेष्ठ र साउन्ड इन्जिनियर किशोर थापाको संयुक्त, तर्फबाट रु १ लाख बराबरको खाद्यान्न सहयोग हस्तान्तरण गर्नुभएको छ। सहयोग सामग्री हस्तान्तरण गर्दै विगत लामो समय देखि हरेक क्षेत्रमा सामाजिक सेवा गर्दै आउनुभएका समाजसेवी सुनिल मास्केले श्रमिक वर्गको दुख र समस्यामा एकसाथ रहेको आफू र आफ्ना शुभचिन्तक र सहयोद्वाहरु लाई समेत यो प्रक्रिया मा समावेस गरादै आगामी दिनमा समेत सहयोगको निरन्तरता रहने प्रतिबद्धता ब्यक्त गर्नुभयो।

उपलब्ध खाद्य सामग्री यातायात मजदुर हरुको तर्फबाट अखिलनेपाल यातायातमजदुर संघ बाग्मती प्रदेश अध्यक्ष तथा केन्द्रिय उपाध्यक्ष दिपक के । सी ,उपाध्यक्ष सुन्दर कुमार के सी प्रदेश उपाध्यक्ष डम्बर ठकुरी सचिव तथा काठमाडौ जिल्ला अध्यक्ष बिस्णु गुरुङले संकलन गर्नुभएको थियो ।

संकलित खाध्यान्न कंलकी, किर्तिपुर,काठमाडौ का विभिन्न स्थानहरूमा भोकभोकै रहेका यातायात मजदुर हरु र भक्तपुरमा समेत गरि १०५ यातायात मजदुर परिवार लाई वितरण गरिएको थियो। राहत सामग्री प्राप्त गरि पश्चात् मजदुरहरुले दुस्ख, पीडा र समस्याले प्रताडित भएको समयमा केही दिनको लागि आफ्नो चुलो बल्ने र रोगले भन्दा भोकले मर्ने डर हराएको बताउदै संगठन प्रती आभार प्रकट गरेका छन् । बिगत देखि मजदुरको हरेक समस्यामा साथै रहेको संगठन लाई आगामी दिनमा समेत समस्या पर्दा सहयोगको आसा र विश्वास रहेको बताए ।

चर्चित कलाकार सुनिल मास्के लगायत सहयोगी समुहलाई संगठनका बाग्मती प्रदेश अध्यक्ष तथा केन्द्रीय उपाध्यक्ष दिपक के सी ले धन्यवाद दिदै आगामी दिनमा समेत सहयोग र सद्भाब रहिरहने बिस्वाश ब्यक्त गर्नु भयो। राहत वितरण गर्दै संगठनका उपाध्यक्ष सुन्दर के सी ले कोहि पनि मजदुर भोकै बस्न नपर्ने र नराख्ने बिचार ब्यक्त गर्दै मजदुरहरु संक्रमण बाट बच्न र बाच्न सुरक्षित रहन निर्देशन गर्नुभयो ।

राहत वितरणका केहि तस्विरहरु :

प्रतिक्रिया दिनुहोस्