मकालु गाउँपालिकाको मुख्य प्राथमिकतामा पर्यटन

मकालु गाउँपालिकाको मुख्य प्राथमिकतामा पर्यटन

रचना तिमल्सिना ।

संखुवासभाको मकालु गाउँपालिकाले पर्यटन क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेको गाउँपालिकाका अध्यक्ष तेज बहादुर पोखरेलले बताउनु भयो ।

उहाँका अनुसार गाउँपालिकामा रहेको मकालु हिमालको प्रचार प्रसार तथा संरक्षण गरि पालिकामा प्रर्यटकलाइ भित्राउन गाउँपालिकाले बिशेष पहल गरिरहेको छ । गाउँपालिकाले युवा बर्गलाई स्थानियस्तरमै रोजगारिको ब्यवस्था गर्न विभिन्न सिपमसलक तालिमहरुपनि संचालन गर्दै आएको छ । कृषी तथा पशुपालनमा विशेष जोड दिएको गाउँपालिकाले तरकारी खेती र बाख्रपालन लगायतका ब्यवसायलाई अनुदान दिने व्यवस्था गरेको छ ।

पर्यटनसंगै गाउँपालिकाले बिकास निर्माणको कामहरुलाई पनि प्राथमिकता दिएको छ, जस अनुसार गाउँपालिकामा बिद्युतिकरणको ८५ प्रतिशत काम सम्पन्न भइसकेको छ । सबै वडालाई जोड्ने सडकको काम पनि तिब्र गतिमा भैरहेको अध्यक्ष पाखरेलले बताउनुभयो । गाउँपालिका भवनको निर्माणको लागिपनि डिपिआरको काम सम्पन्न भैसकेको पालिकाका अध्यक्ष पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्