भ्रष्टाचारविरुद्ध उभिएको भन्दै इटहरीका मेयरको समर्थन

भ्रष्टाचारविरुद्ध उभिएको भन्दै इटहरीका मेयरको समर्थन

काठमाडौं/ इटहरी उपमहानगरपालिकाका मेयर द्वारिक चौधरीले पत्रकारको नाक भाच्न एक करोड रुपैयाँ छुट्याएको अभिव्यक्ति दिएपछि सामाजिक सञ्जालमा यो विषयमाथि व्यापक टिकाटिप्पणी भइरहेको छ ।

कयौंले उनका अभिव्यक्तिको विरोध गरेका छन् भने उनको समर्थनमा टिप्पणी गर्नेहरुको संख्या पनि कम छैन । समर्थकमध्ये धेरैजसोले भ्रष्टाचारविरुद्ध मेयर चौधरी उभिएको तर्क गरेका छन् । उनीहरुले पत्रकारितामा बढ्दो विकृतिप्रति असन्तुष्टि जनाउँदै ‘पत्रकारहरुले जे पायो त्यही लेख्ने गरेको’ आरोप लगाएका छन् ।

यसअघि नेकपा नेता योगेश भट्टराईले फेसबुकमा प्रतिक्रिया जनाउँदै मेयर चौधरीले पत्रकार र अन्य कतिपय व्यक्तिका बारेमा दिएका अभिव्यक्ति स्वयं उनले धारण गरेको सार्वजनिक पद, उनले प्रतिनिधित्व गर्नुभएको पार्टी ९नेकपा० र स्वयं उनको राजनीतिक उचाईका लागि कदापी नसुहाउने जनाएका थिए ।

यस्तै, प्रदेश ५ का मुख्यमन्त्री तथा नेकपाका स्थायी कमिटी सदस्य शंकर पोखरेलले पनि मेयर चौधरीका अभिव्यक्ति पार्टीको नीति, मूल्य मान्यतासँग मेल नखाने टिप्पणी गरेका छन् ।

एमाले नेता भट्टराईले मेयर चौधरीका अभिव्यक्तिबारे फेसबुकमा गरेको टिप्पणीमाथि प्रतिक्रिया लेख्दै धेरैले चौधरीका भनाइको समर्थन गरेका हुन् । बुधबार बिहान भट्टराईले गरेको पोस्टमा मध्याह्नसम्म ६ सयभन्दा बढी प्रतिक्रिया आइसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्