भौगोलिक रुपमा विकट भए पनि विकासमा फड्को मार्दै: मध्यविन्दु नगरपालिका

भौगोलिक रुपमा विकट भए पनि विकासमा फड्को मार्दै: मध्यविन्दु नगरपालिका

कविता पोखरेल
माघ १३, मध्यविन्दु नगरपालिका । पूर्वी नवलपरासी जिल्लाको मध्यविन्दु नगरपालिका भौगोलिक हिसाबले निकै विकटता भए पनि मुलुकमा स्थानीय सरकारको व्यवस्थापन पछि विकास निर्माणको कार्यमा फड्को मारेको छ ।

निर्माण भएका सडकलाई थप सुधार गर्नुका साथै सडक नपुगेको ठाउँमा निर्माण गर्ने कार्य भइरहेको नगरका, नगर प्रमुख चन्द्र बहादुर रानाले बताउनु भयो । उक्त सडक निर्माण पश्चात आम नागरिकहरुलाई यात्राको लागि विगतको जस्तो पैदल यात्रा हिड्नु पर्ने बाध्यता हट्ने छ । आम नागरिकहरुको स्वास्थ्य क्षेत्रलाई मध्यनजर गर्दै प्रत्येक वडामा स्वास्थ्य सेवाको पहुच पुर्‍याएको छ । सो, स्वास्थ्य सेवाले विगतको जस्तो नागरिकहरुले औषधिको लागि अन्य ठाउँमा ध्याउन नपर्ने र साही ठाउँमा औषधि समेत उपलब्ध भएको रानाको भनाई छ ।

खानेपानीको लागि नगरले एक घर एक धाराको अभियान सञ्चालनद्धारा टोलटोलमा खनेपानी पुर्‍याउने लक्ष्य राखेको छ । यस्तै, नगरको सबै वडामा विद्युत सेवा पुर्‍याउने योजना सहित हाल विजुलीको काम ९० प्रतिशत सम्पन्न भएको र चाडैं नगरको सम्पूण वासिन्दाहरुमा बक्ति पुग्ने नगर प्रमुख रानाले विस्वास व्यक्त गर्नुभयो । शैक्षिक क्षेत्रमा आधारभुत विद्यालहरुको लागि गुणस्तरीय र प्राविधिक शिक्षाको लागि यस पालिकाले विषेश पहल गर्दै आइरहेको छ ।

नगर प्रमुखले बताउनु हुदैं, भौगोकि रुपमा विकटता भए पनि विगतको तुलनामा भन्दा नगरमा विकास निर्माणको काम चौतर्फी रुपमा भइरहेको बताउनु हुन्छ । नगरको स्रोत साधनले भ्याएसम्म सम्पूर्ण क्षेत्रलाई समेट्दैं विस्तारै समृद्धिको उचाईमा यस नगर अघि बढी रहेको रानाले जनाउनु भयो । विश्वव्यापी रुपमा फैलिएको कोरोनाबाट यस नगर पनि अछुतो रहन सकेन । तर, आम नागरिकहरुको र जनप्रतिनिधिहरुको सहयोगमा नगरलाई सुरक्षित राख्नको लागि सबै एक जुट भएर लागि परेको थियौं नगर प्रमुख रानाले भन्नुभयो । बाहिरबाट आएका नागरिकहरुको लागि भने नगरस्तरीय सुविधा सम्पन्न क्वारेन्टाइन र होम आइसोलेशनमा राख्ने व्यवस्था गरेको नगर प्रमुख राना बताउनु हुन्छ ।

प्रतिक्रिया दिनुहोस्