भोली सबै ठाउँमा छैन है सार्वजनिक विदा !

भोली सबै ठाउँमा छैन है सार्वजनिक विदा !

काठमाण्डाै/ प्रदेश नम्बर २ र ५ मा भोलि सार्वजनिक बिदा दिइने भएको छ । मुस्लिम समुदायले मनाउने इद पर्वको अवसरमा भोलि बिदा दिन लागिएको हो । अन्य प्रदेशमा भने हालसम्म बिदाको कुनै सूचना जारि नगरिएकोले बिदा छैन । प्रदेश  न. २का  मुख्यमन्त्री लालबाबु राउतले साउन २७ गते सोमबार सार्वजनिक विदाको जानकारी दिँदै सबैमा शुभकामना सन्देश पनि दिएका छन् ।शुभकामना सन्देशमा उनले इद पर्वले प्रदेश २ का साथै मुलुकमै भाइचारा, सुख र शान्तिको अभिवृद्धि होस् भनी कामना गरेका छन् ।

यस्तै प्रदेश न. ५ ले पनि एक सुचना जारी गरी भाेलि बिदा दिएकाे छ । ५ नम्बर प्रदेशकाे  कानुन मन्त्रालय द्वारा जारी सुचनामा ५ नम्बर प्रदेशभर सावर्जनिक बिदा दिइएकाे उल्लेख छ ।

 

प्रदेश २ र ५ सरकारले सार्वजनिक विदा दिने निर्णय गरे पनि केन्द्र सरकारले भने अहिलेसम्म विदासम्बन्धी निर्णय गरिसकेको छैन । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले अहिलेसम्म विदाबारे निर्णय नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्