‘भू-सेवा केन्द्र’ मार्फत सेवा दिँदै पुतलीबजार नगरपालिका

‘भू-सेवा केन्द्र’ मार्फत सेवा दिँदै पुतलीबजार नगरपालिका

स्याङ्जाको पुतलीबजार नगरपालिकाको कार्यालयले नगरपालिका भित्रका आफ्ना सेवाग्राहीहरुलाई भू–सेवा केन्द्र मार्फत सेवा दिदै आएको छ । मालपोत सेवालाई चुस्त र दुरुस्त तरिकाले सेवा दिने बताउदै मालपोत कार्यालयमा भू–सेवा केन्द्र स्थापना गरि सेवा दिदै आएको हो ।मालपोतको सेवा लिदा पुतलीबजार नगरबासीहरुले धेरै दुःख पाएकोले सेवा चुस्त र दुरुस्त बनाउन मालपोत कार्यालयमा भू–सेवा केन्द्र स्थापना गरिएको पुतलीबजार नगरपालिकाकी नगरप्रमुख सिमा कुमारी क्षेत्रीले बताउनुुभयो । उहाँले मालपोत कार्यालयमा पालीकाकै कर्मचारीबाट सेवा दिदा सेवाग्राहीहरु सन्तुष्ट रहेको बताउनुुभयो ।

पुतलीबजार नगरपालिका र फलफुल तथा तरकारी मुल्य शृंखला विकास आयोजनाको साझेदारीमा नगरपालिकाका सुन्तला कृषकहरुलाई उत्पादन उपरान्त हुने क्षती न्यूनीकरण गर्न आवश्यक पर्ने सामाग्रीहरु वितरण गरिएको छ । पुतलीबजार नगरपालिका २, ७ र १३ नंबरका वडाहरुका क्रमश सूर्यमुखी कृषि सहकारी संस्था, माझबीनी कृषि उपज उत्पादन तथा बजारीकरण सहकारी संस्था र पिपल डाँडा कृषि सहकारी संस्थाका सुन्तला कृषकहरुलाई सामाग्री वितरण गरिएको हो । विभिन्न सामाग्रीहरु हस्तान्तरण गर्दै पुतलीबजार नगरपालिका प्रमुख क्षेत्रीले फलफुल तथा तरकारी मुल्य शृंखला विकास आयोजनाले धेरै सहयोग गरेको बताउदै सुन्तला किसानहरुले सामाग्रीहरुको प्रयोगबाट सुन्तलामा हुने क्षेती न्यूनिकरण गर्न अनुरोध गर्नुभयो।
यस्तै, पुतलीबजार नगरपालिका र यूएनडिपीको आर्थिक सहयोग तथा सुर्योदय क्लब बाडखोलाको व्यवस्थापनमा तिन दिने बाख्रापालन तालिम सम्पन्न भएको छ । कोभिड १९ उद्धार र सामाजिक, आर्थिक प्रतिकार्य परियोजना अन्र्तगत बाख्रा पालन तालिम दिइएको हो ।
तालिममा पुतलीबजार नगरपालिका प्रमुख क्षेत्रीले कोराना प्रभावित युवा युवतीहरुलाई तालीमको आयोजना गरिएको बताउदै तालिममा सिकेका कुरा व्यवहारमा उतार्न अनुरोध गर्नुभयो । । उहाँले पुतलीबजार नगरपालिकाले कृषिको क्षेत्रमा धेरै काम गरेको बताउदै निर्वाह मुखी भन्दा व्यवसायीक रुपमा उत्पादन मुखी हुन तालीममा सहभागीहरुलाई आग्रह गर्नभुयो ।
पुतलीबजार नगरपालिकाले एक सहकारीलाई कस्टम हायरीङ सेन्टर अन्तरगत विभिन्न सामाग्रीहरु हस्तान्तरण गरेको छ । जिल्ला सदरमुकाम पुतलीबजारमा रहेको नवज्योती कृषि सहकारीलाई कृषि सामाग्री हस्तान्तरण गरिएको हो ।सामाग्री हस्तान्तरण गर्दै पुतलीबजार नगरपालिका प्रमुख क्षेत्रीले कोरोनाका कारण रोजगारी गुमेका युवाहरुलाई कृषि सामाग्री वितरण गर्ने कार्यक्रम अन्तरगत कृषि सामाग्री वितरण गरेको जानकारी दिईन् । क्षेत्रीले सहकारीलाई उद्देश्य पुरा गर्न अनुरोध गर्दै पुतलीबजार नगरपालिीकाले अझै कृषिमा लगानी गर्ने बताउनुभयो थे्रसर, चेन्स, डिगर मेसिन, स्पेअर र ठेला गाडा सहित ९ प्रकारका सामाग्री हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्