भुमे गाउँपालिकाले बेरोजगार युवाहरुको दिगो व्यवस्थापन गर्छः अध्यक्ष बुढा मगर

भुमे गाउँपालिकाले बेरोजगार युवाहरुको दिगो व्यवस्थापन गर्छः अध्यक्ष बुढा मगर

पुर्वी रुकुम । हाल महामारीको रूपमा फैलिदै गएको कोरोना भाइरसले विश्वलाई आक्रान्त बनाइरहेको छ । यस महामारीको असर नेपालमा पनि दिनप्रतिदिन बढ्दै गएको छ । छिमेकी देश भारतमा संक्रमण डरलाग्दो रूपमा बढेकोले त्यसको प्रत्यक्ष असर नेपालमा पनि परेको देखिन्छ । कोरोना महामारीको असरबाट रुकुम पुर्व जिल्लाको भुमेगाउँपालिका पनि अछुतो रहन सकेन । गाउँपालिकामा हालसम्म २ सय जनाको पिसआिर परीक्षण गरिएकोमा ७ जनामा कोरोना संक्रमण देखएिको थियो । हाल ७ जना नै कोरोनालाई पराजित गर्दै घर फर्किसक्नु भएको अध्यक्ष रामसुर बुढा मगरले जानकारी दिनुभयो ।

गाउँपालिकामा अहिले २ वटा क्वोरन्टाईको ब्यवस्था गरिएको उहाँले बताउनुभयो । क्वारेन्टाईमा अहिले १ जना मात्र रहेको रहेका छन । गाउँपालिकाले अहिले नेपाल भित्र बाट आउनेहरुलाई होम क्वारेन्टाईन र भारत लगायत तेस्रो मुलुकबाट आउनेहरुलाई वडाले नै निर्माण गरेका क्वारेन्टाईनमा राख्ने गरेको छ । र उनिहरुको पिसिआर परिक्षण पछि मात्रै घर पठाउने गरिएको अध्यक्ष बुढा मगरको भनाई छ ।

अहिले भुमे गाउँपालिका भित्रने मुख्य नाँकाहरु बन्द अवस्थामा रहेको छ । बाहिरबाट आउँनेहरुलाई पिसीआर परीक्षण पश्चात रिर्पोट आएपछि मात्रै गाउँपालिकामा प्रवेश गर्न पाईने व्यवस्था गरिएको छ । गाउँपालिकाले कर्मचारीहरुको प्रत्येक महिनाको केही रकम कटौती गरेर विपत व्यवस्थापनको कोषमा जम्मा गरिएको उहाँले बताउनुभयो । गाउँपालिकाले कोरोना रोकथामको लागी हालसम्म २० लाख रुपैया जम्मा गरेको उहाँले जानकारी दिनुभयो । गत आर्थिक वर्षमा ९० प्रतिशत विकासका कामहरु भएको अध्यक्ष बुढामगरको दाबी छ ।

कोरोना महामारी सँगसँगै बिभिन्न प्राकृतिक प्रकोपका कारण वडाको बिकास निर्माणका कार्यमा सन्तोषजनक प्रकति हुन नसकेको अध्यक्ष बुढामगरको भनाई छ । “कोरोना महामारी त छदैछ, तर बाढी, पहिरो जस्ता प्रकोपले मानविय क्षती नभएपनि भौतिक रुपमा धेरै क्षती पु¥याएको छ,” उहाँले भन्नुभयो । कोरोनाका कारण शैक्षिक क्षेत्रपनि नराम्रो सँग प्रभावित भएको उहाँले गुनासो गर्नभयो । “अरु शहरी क्षेत्रहरुमा त अनलाईन कक्षा चलिरहेको छ हाम्रो जस्तो बिकट वडाका बालबालिका तथा बिद्यार्थीहरुले कसरी पढ्ने रु यो बर्षको शैक्षिक सत्र यत्तिकै जाने भयो”, उहाँले भन्नुभयो ।

बिकास निर्माणको कार्यहरुको सोचे जस्तो प्रगति नभएपनि गाउँपालिकाको काम कारबाहिमा वडावासि सन्तुष्ट नै रहेको अध्यक्ष बुढामगरको दाबी छ । गाउँपालिकामा बिदेशबाट रोजगार गुमाएर आएका सबै बेरोजगार युवाहरुको दिगो व्यवस्थापन गर्ने गरी नीति र कार्यक्रम बनाइएको अध्यक्ष बुढा मगरले बताउनु भयो । केही रकमले मात्रै स्वरोजगार नहुने भएकाले व्यवसायमा सहयोग पुग्ने गरी कृषिमा जोड दिइएको उहाँको भनाइ छ ।

संक्रमित संख्या बढ्ने गएकाले विपदको बेला आम नागरिकहरुलाई एक जुट भएर विश्वव्यापी महामारीको सामना गर्न अध्यक्ष बुढामगरले सबैलाई आग्रह गर्नुभयो । गाउँपालिकामा अति आवश्यक सेवा बाहेक भेला, गोष्ठि, सभा, बैठक र खेलकुद जस्ता कार्यक्रम नगर्न पनि उहाँले सबैमा आग्रह गर्नु भयो । विशेषगरी स्वास्थ्य, सरसफाईमा ध्यानदिनुपर्ने र सधैं सफा चएर बस्न उहाँले सबैलाई सुझाव दिनुभयोे । जल्ला प्रशासन कार्यालय र गाउँपालिका कार्यालयले दिएको निर्देसनलाई पूर्ण रुपमा पालना गर्न पनि आम नागरिकहरुलाई उहाँले अनुरोध गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्