बिरामी बोकेको जिप अरुण नदीमा खस्दा एकै परिवारका ३ सहित ६ जना बेपत्ता

बिरामी बोकेको जिप अरुण नदीमा खस्दा एकै परिवारका ३ सहित ६ जना बेपत्ता

काठमाडाैं । संखुवासभाकाे सदरमुकाम खाँदबारीबाट बिरामी बोकेर धरानतर्फ आउँदै गरेको जीप अरुण नदीमा खस्दा एकै परिवारका ३ सहित ६ जना बेपत्ता भएका छन् ।

खाँदबारीबाट बिरामी बोकेर धरानतर्फ जाँदै गरेको को १ ज ३७४९ नम्बरको जिप दुर्घटनामा परेकाे हाे । जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी मिम लामाका अनुसार बेपत्ता हुनेमा चालक खाँदबारी नगरपालिका–९ सन्तोष बिक, खाँदबारी–९ का संगम श्रेष्ठ , सदीक्ष श्रेष्ठ, दुई महिने बालक समीर श्रेष्ठ, प्रमेश थापा मगर र खोटाङका खबरमान पिठाकोटे मगर रहेका छन्।

बिरामीको खाँदबारीमा उपचार हुन नसकेछि थप उपचारका लागि सुनसरीको धरानस्थ्ति बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने क्रममा गाडी दुर्घटना भएको हो।

जीप अरुणमा खसेपछि खाँदबारीबाट तत्कालै पुगेको प्रहरी टोली पुगेकाे छ । जीपको खोजी गर्न समस्या भएको छ । निरन्तरको वर्षाका कारण खोजी गर्न समस्या भएको हो । जिल्ला प्रहरी कार्यालय संखुवासाभाका प्रहरी निरीक्षक सन्तोषकुमार राईका अनुसार घटनास्थल आसपास स्थानीय र प्रहरी पुगे पनि खोजी गर्न सक्ने अवस्था छैन् । ‘ कच्ची सडकबाट जीप अरुण नदीको दहमा खसेको देखिन्छ’, घटनास्थलमा रहेका राईले भने, ‘यहाँबाट खोज्न सक्ने अवस्था छैन्, माथिबाट गोताखोरको टोली मगाएका छौं ।’ मौसम खराबीका कारण गोताखोरको टोली आउन पनि समस्या भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्