हाम्रो समाजमा दिनानु दिन बलात्कारका घट्नाहरु एकपछि अर्को बढिरेका छन् । त्यसमा पनि बालिका बलात्कारका घट्नाहरु बढि हुने गरेका छन । हामी भनिरहेका छौं, बलात्कार गर्नु भनेको महाअपराध हो । बलात्कारीलाई फाँसी दे, पिडितलाई न्याय दे । तर हामी यो भन्न सकिराखेका छैनांै कि दिन दहाडै बलात्कारका घट्ना कसरी दोब्बरको संख्यामा बढिरहेका छन् ? अनि के कारण एउटी बालीका बलत्कृत हुन्छे ? यौन दुव्र्यवहारका घटना ह्वात्तै बढ्नुको कारण के हो ? यो विषयमा हामी अन्जान जस्तै छौ । जस्तै अशिक्षाले हो कि महिलाप्रतिको बुझाई गलत हो ? या त यौन चहाना सम्बन्धी समस्या हो कि सामाजिक संजालको गलत प्रयोगले पो यस्ता घट्ना भएका हुन भन्ने यावत प्रश्नहरुको उत्तर गाँउठाँउबाटै जान्न खोज्ने हो भने न्युनिकरणका उपायहरु पनि निस्कन सक्छन । बलात्कार, एसिड काण्ड, महिला हिंसा, छाउ प्रथा,बोक्सी काण्ड, दलितका माथिको विभेद जस्ता समस्याहरु ग्रास लेवलबाट नै सुधार गरिनुपर्ने विषय हुन् । जस्का लागि चेतनामा परिवर्तन आउनु पर्छ ।
मेरो विचारमा सु–सम्पन्न शहरका चिल्ला सडकमा जति नै नाराबाजी, होहल्ला, नारा जुलुस, ढुङ्गामुडा गरे पनि यस्ता आन्दोलनले खासै अर्थ राख्दैन । यसको ज्वलन्त उदाहरण हो, निर्मला बलात्कार हत्या काण्ड । आन्दोलनले केही सकरात्मक बीउ छर्ने काम त गर्लान, सरकारलाई झक्झकाउने, संविधान संशोधन गराउन दबाब दिने, न्यायलयका पहरेदारहरुले काम पाउने त होला तर बलात्कार निर्मुल पार्ने, पिडितलाई न्याय मिल्ने, दोषिलाई कार्वाहि हुन सक्दैन । आन्दोलनले त झन यस्ता घट्ना घटाउनेलाइ उर्जा थपेको जस्तो देखिन्छ र हरेक मान्छेलाइ आन्दोलित मात्र पारेको छ । यदि आन्दोलन गर्ने नै हो भने , चलिरहेको सडक आन्दोलनलाई परिमार्जित गरेर न्यायका लागि जति पनि युवा युवतीहरु आन्दोलनमा होमिनु भएको छ, सबैले गाँउघर, देशका कुना कन्दरासम्म पुगेर नियम कानुन, शिक्षा, सामाजिक समस्या, वेरोजगार जस्त यावत विषयहरुबारे जनचेतनामुलक कार्यक्रम लिएर गाउँ पस्ने हो भने अवस्य केही फरक पर्छ । काठमाडौंको आन्दोलनले कर्णालीको अशिक्षित व्यक्तिलाइ के असर पार्छ होला र ? सरकारसँग समन्वय गरेर युवापुस्ता, शिक्षक, नेता, विभिन्न सामाजिक संघसस्था र सामाजिक अभियान्ताहरु मिलेर कसरी सामाजिक अपराध रोक्न सकिन्छ ? भन्ने अभिप्रायका साथ अभियान चलाइयो भने केही वर्षमा यी घट्ना हुदैनन । हैन सडकरुपी आन्दोला मात्र गर्ने हो भने कानुनका ठेलिहरु बन्लान, सच्चा बलात्कारी हैन् आरोपितहरु कार्वाहिको कठघरामा उभ्याइएलान तर न्युनिकरण हुनेवाला छैन । किनकी हाम्रो समाज यौन प्यास, पैशा र पावरको चक्रब्युमा चुरलुम्मै डुबिसकेको छ । धन्यवाद ।
रुरल यम ( मणिका शर्मा)
प्रतिक्रिया दिनुहोस्