बागमती नगरपालिकाद्धारा ‘उद्यमशीलता विकास कार्यक्रम’ सञ्चालन

बागमती नगरपालिकाद्धारा ‘उद्यमशीलता विकास कार्यक्रम’ सञ्चालन

सर्लाही। बागमती नगरपालिकाले ‘उद्यमशीलता विकास कार्यक्रम’ सञ्चालन गरेको छ । स्वरोजगारकाेलागी पोते, मोति तथा क्रिष्टलका आधुनिक गर–गहना बनाउने आधारभूत तालिम सोमबार देखि २१ दिन सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

दिब्य ज्योती संघ ललितपुर र बागमती नगरपालिकाको सहकार्यमा सञ्चालन गरिएकाे कार्यक्रम उपमेयर लिला कुमारी मोक्तनले उद्घाटन गर्नुभयाे ।

२५ जना महिलाहरुको सहभागिता रहने कार्यक्रमको कुल लागत १ लाख २० हजार रहेको छ । तालिममा सहभागीलाइ स्वराेजगारमा प्रेरित गर्ने र उत्पादित सामग्रीको राम्रो बजार व्यवस्थापन गरि व्यवसायीक कारोबार गर्ने उपमेयर मोक्तानले प्रतिबद्धता जनाउनुभएकाे छ ।

प्रतिक्रिया दिनुहोस्