बर्दियाको गेरुवामा कुलोमा डुबेर एक बालकको मृत्यु

बर्दियाको गेरुवामा कुलोमा डुबेर एक बालकको मृत्यु

हिम शाह/धनगढी

बर्दियाको गेरुवा गाउँपालिका वडा नम्बर ४ खोल्टी बजार स्थित चारगाउँ कुलोमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गेरुवा गाउँपालिकाका वडा नम्बर १ थापापुरका गणेश बहादुर चलाउनेका १० वर्षिय छोरा सागर चलाउने रहेका छन् । इलाका प्रहरी कार्यालय पाताभारका अनुसार साथिहरुसँग कुलोमा पौडि खेल्न गएका उनी डुबेका थिए । पौडि खेल्न कुलोमा छिरेका सागर बाहिर नआएपछि सँगै गएका साथिहरुले स्थानीयहरुलाई खबर गरेका थिए । स्थानीय र प्रहरी गएर खोजी गर्दा केहि पर कुलोमा उनको शवं भेटिएको स्थानीय प्रहरीले जनाएको छ । सागरको शवंलाई प्रहरीले पोस्टमार्टमको लागि जिल्ला अस्पताल गुलरिया बर्दियामा पठाइएको छ । घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्