बराहताल गाउँपालिकाको २ वटा वडा बाहेक सबै वडामा खानेपानी र विजुली

बराहताल गाउँपालिकाको २ वटा वडा बाहेक सबै वडामा खानेपानी र विजुली

कविता पोखरेल
पौष १ बराहताल । सुर्खेत जिल्लाको बराहताल गाउँपालिकाको २ वटा वडा बाहेक आठ वटा वडाहरुमा शिक्षा, स्थास्थ्य, खानेपानी र विजुली पुगेको अध्यक्ष तेज बहादुर बस्नेतको भनाई छ । उहाँले भन्नुभयो अन्य वडामा पनि चाँडै पुग्ने छ । गाउँपालिकाको ३ वटा वडाहरुमा वडा कार्यलयको भवन निर्माण भएको बस्नेतले बताउनु भयो । कृषि क्षेत्रलाई विशेष प्राथामिकता दिदैं कृषि क्षेत्रलाई आधुनिकी करण गर्ने योजना छ । सम्रगमा गाउँपालिमा विकास निर्माणको कार्यहरु पहिलेको तुलनामा धेरै भएको महशुस भएको अध्यक्ष बस्नेतले भन्नुभयो ।

यस्तै कोरोना भाइरस फैलिन नदिनका लागि विभिन्न जनचेतामुलक कार्यक्रमहरु मार्फत जनताहरुलाई सचेता गरेको उहाँले भन्नुभयो । कोरोना संक्रमण पुष्टी भएका व्यक्तिहरुलाई क्वारेन्टाइन र होम आइसोलेशनमा राख्ने व्यवस्था समेत गरकोे बस्नेतले बताउनु भयो । संक्रमण व्यक्तिहरुलाई खान, बस्न र औषधीको व्यवस्था रहेको उहाँले भन्नुभयो । कोरोनाबाट बच्नको लागि विशेष आफनो व्यक्तिगत सरसफाईमा ध्यान सबै नागरिकहरुलाई आग्रह गरेको अध्यक्ष बस्नेतको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्