प्राविधिक शिक्षामा जोड दिदै, बगनासकाली गाउँपालिका

प्राविधिक शिक्षामा जोड दिदै, बगनासकाली गाउँपालिका

रचना तिमल्सिना ।
पाल्पा जिल्लाको बगनासकाली गाउँपालिकाले प्राविधिक शिक्षामा जोड दिएको छ ।

गाउँपालिकाले शिक्षको गुणस्तर बृद्धि गर्न बिद्यालयहरुमा आफ्नै पहलमा सिटिभिटिबाट मान्यता प्राप्त विभिन्न शैक्षिक कार्यक्रमहरु अध्यापन गराउन सुरु गरेको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाको पहलमा सुविधा सम्पन्न बिद्यालय भवनको निर्माण पनि भईरहेको छ । यसअघि गाउँपालिकालाई बालमैत्री गाउँपालिका पनि घोषणा गरिसकिएको छ । स्थानिय तहको निर्वाचनबाट जनप्रतिनिधिहरु आएसँगै पहिले आवत जावतमानै समस्या हुने बाटोहरुमा अहिले गाडी चल्ने सडक बनेको छ । यसैलाईनै आफुहरुले मुख्य उपलब्धिको रुपमा लिएको अध्यक्ष बस्यालले जानकारी दिनुभयो । गाउँपालिकाको केन्द्रसम्म सबै वडालाई जोड्ने सडकको काम पनि तिब्र गतिमा भईरहेको छ । कोरोना महामारीले गाउँपालिकालाई असर गरेपनि हरेक परिस्थितिको सामना गर्दे अगाडी बढ्ने योजना रहेको अध्यक्ष बस्यालले बताउनु भयो ।

गाउँपालिकोले खानेपानिको पहुँच सबै नागरिहमा पुर्याउनको लागी एक घर एक धाराको अभियान संचालन गरको छ । कृषि क्षेत्रको बिकासका लागि गाउँपालिकाले बीउ बिजन तथा कृषि औजारको वितरण लागयत सहुलियत अनुदानको ब्यवस्था पनि गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्