पर्वतारोहणबाट साढे ६७ करोड रोयल्टी, धेरै पाउनेमा खुम्बु पासाङल्हामु गाउँपालिका

पर्वतारोहणबाट साढे ६७ करोड रोयल्टी, धेरै पाउनेमा खुम्बु पासाङल्हामु गाउँपालिका

काठमाडौं । आर्थिक वर्ष २०७५/०७६ मा पर्वतारोहणबाट कुल ६७ करोड ४७ लाख रुपैयाँ रोयल्टी प्राप्त भएको अर्थ मन्त्रालय जनाएको छ । शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा दिएको जानकारीअनुसार उक्त रोयल्टीमध्ये प्रदेश र स्थानीय तहमा १६ करोड ८६ लाख रुपैयाँ बाँडफाँड गरिएको छ ।

गत आर्थिक वर्षमा सबैभन्दा धेरै पर्वतारोहण रोयल्टी पाउने स्थानीय तहमा सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका रहेको छ । सगरमाथालगायतका उच्च हिमशृङ्खलासमेत सोही गाउँपालिकामा पर्ने भएकाले सो गाउँपालिका शीर्ष स्थानमा रहेको छ। यसरी बढी रोयल्टी पाउनेमा सोलुका अन्य दुई गाउँपालिकासमेत परेको छ। त्यसमा महाकुलुङ गाउँपालिका र सोलु दूधकुण्ड गाउँपालिका छन्। यस्तै मकालु गाउँपालिका सङ्खुवासभा र गौरीशङ्कर गाउँपालिका दोलखा पनि बढी  रोयल्टी पाउने स्थानीय तह रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्