पर्यटन बिकासको निम्ति नेपाल दिगो पर्यटन बिकास केन्द्रको प्रयोगात्मक शिक्षा अभियान सुरु

पर्यटन बिकासको निम्ति नेपाल दिगो पर्यटन बिकास केन्द्रको प्रयोगात्मक शिक्षा अभियान सुरु

काठमाण्डौ/ पर्यटन बिषय अध्यनरत बिद्यार्थीहरुलाई लक्षीत गरी नेपाल दिगो पर्यटन बिकास केन्द्र नामक सस्थाले पर्यटन सम्वन्धी प्रयोेगात्मक शिक्षा जनचेतना अभियान सुरु गरेको छ । गत श्रावन ४ गते उक्त सस्थाले नेपाल सरकार सस्कृती पर्यटन तथा नागरीक उड्यान मन्त्रालयद्धारा संचालीत नेपाल पर्यटन तथा होटल ब्यवस्थापन प्रतिष्ठानको आर्थीक सहयोगमा १६ वटा बिषेश कार्यक्रमहरु प्रत्यक हप्ता गर्ने सम्झौता भएको सस्थाका अध्यक्ष सागर देवकोटा शुसान्तले बताए ।

उनका अनुसार पर्यटन बिषय अध्यनरत बिद्यार्थीहरुलाई समावेश गरी कार्यक्रम संचालन गर्दा बिद्यार्थीहरुमा प्रयोगात्मक शिक्षा हाशिल हुने र कम आर्थिक लगानीमा पर्यटन पर्बदन र बिकास गर्न सहज हुने भएकोले यस्ता कार्यक्रमहरु संचालन गरीएको हो । साउनको पहीलो हप्ता कार्यक्रमको सुरुवात स्वरुप सुन्दरीजलबाट सिवपुरी राष्टिय निकुञ्ज सम्म हाइकीङको आयोजना गरीएको थियो । उक्त कार्यक्रममा NATHAM (नाथम) अध्यनरत बिद्यार्थीहरुलाई सहभागी गराइएको थियो ।

कार्यक्रममा सहभागी बिद्यार्थी दर्शन आचार्यले आफुहरुले अध्यन गरेको बिषयलाई प्रयोगात्मक रुपले महसुस गरेको बताए । यस्ता कार्यक्रमहरुले पर्यटन पर्वदनमा टेवा पुग्ने र देशमा पर्यटन बिकासमा सहयोग गर्ने उनले बताए । यस्ता कार्यक्रममा सहभागी गराएकोमा आयोजक सस्था र प्रतिष्ठान प्रती आभार समते प्रकट गरे । कार्यक्रमा सहभागी बिद्यार्थीहरुले आफुहरुलाई यस्ता कार्यक्रम निकैनै फलदायी भएकोले आगामी दिनहरुमा पनी यस्तै कार्यक्रम आयोजना गर्न उनीहरुले आग्रह गरे ।

सस्थाले गरेको प्रथम हाईकीङ प्रयोगात्मक शिक्षा कार्यक्रममा धेरै बिद्यार्थीहरुको सहभागीतामा सफलता पुर्वक सम्पन्न भएको थियो । प्रतिष्ठानका टिटिएम कोर्डीनेटर समेत रहेका शुभम पौडेलका अनुसार प्रयोगात्मक शिक्षाले बिद्यार्थीहरुको आत्मबिश्वस, मनोवल र आत्मनिर्भर बनाउन सहयोग पुर्याउने बताए । देशमा पर्यटन बिकास एवं पर्वदन गर्न टेवा पुग्न भएकोले यस्ता कार्यक्रमलाई प्राथमीकता स्वरुप सबै शिक्षण सस्थाले राख्नु पर्ने जरुरी देखीएको उनले बताए । सस्थाले अबको १६ हप्ता सम्म बिभिन्न शिर्षकको कार्यक्रमहरु संचालन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्