परोहा नगरपालिकामा विद्यार्थीहरुलाई निःशुल्क पोशाक वितरण

परोहा नगरपालिकामा विद्यार्थीहरुलाई निःशुल्क पोशाक वितरण

रचना तिमल्सिना
पौष २९, परोहा नगरपालिका । रौतहट जिल्लाको परोहा नगरपालिकाको सबै विद्यालयका विद्यार्थीहरुलाई निःशुलक पोशाक वितरण गरेको छ । यस समयमा तराई क्षेत्रमा अत्याधिक मात्रामा चाडो हुने भएको नगरभित्रका सबै विद्यालयमा निःशुल्क पोशाक वितरण कार्य गरेको नगर प्रमुख शेख वकील बताउनु हुन्छ ।

सबै विद्यालयमा गुणस्तरीय शिक्षामा जोड दिदैं शैक्षिक क्षेत्रमा स्रात साधनले भ्याएसम्म थप सुधार गर्ने कार्य भइरहेको नगर प्रमुख वकीलको भनाई छ । उहाँले भन्नुभयो स्थानीय सरकारको व्यवस्थापन पछि आफु नगरमा निर्वाचित भए पश्चात नगरको क्षेमताले भ्याएसम्म चौतर्फी विकास निर्माण कार्य भइरहेको छ । सडक सञ्जाल, स्वास्थ्य, कृषि, शिक्षा लगायत अन्य विविध क्षेत्रमा उल्लेखनी प्रगती भएको नगर प्रमुख वकीलको दावी छ । भएका सडकलाई फराकीलो बनाउने र पीच गर्ने काम हुनुका साथै सडक नपुगेको ठाउँमा निर्माण गर्ने कार्य भइरहेको उहाँले जानकारी दिनुभयो ।

वडाको कार्यलयको ८ वटा भवन निर्माण कार्य सम्पन्न भएको छ भने बाँकी निर्माण कार्य जारी रहेको नगर प्रमुखले भन्नुभयो । विद्यालयको भवनहरु पनि निर्माण गर्ने कार्य भइरहेको र अन्य भवन निर्माणको लागि पहल हुदैंछ उहाँले भन्नुभयो । युवाहरुलाई स्थानीय स्तरमा रोजगारी प्रदान गर्नुका साथै विभिन्न सिपमुलक तालिमहरु प्रदान गरेको नगर प्रमुखले बताउनु भयो ।

यस्तै, विश्व्यापी रुपमा फैलिएको कोरोना संक्रमण रोकथामको लागि यस नगरले जनताहरुलाई सचेतना गराउनको लागि टोलटोलमा गई विभिन्न जनचेतनामुलक कार्यक्रम गरेको उहाँले भन्नुभयो । बाहिरबाट आएकाहरुलाई नगरस्तरीय क्वारेन्टाइनमा राख्ने व्यवस्था रहेको नगर प्रमुख वकीलले जनाउनु भयो । उनीहरुलाई आवश्यक चेकजाँच पश्चात घर पठाउने गरेको वकीलले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्