नेपाल शान्ति स्काउटको अभियान बारे विशेष जानकारी

नेपाल शान्ति स्काउटको अभियान बारे विशेष जानकारी

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस ( Covid 19) ले आक्रान्त रुप लिएको विषम परिस्थितिमा नेपाल सरकारद्धारा लगाइएको लकडाउनले जनजिवन प्रभावित बनिरहेको अवस्थामा नेपाल शान्ति स्काउटद्धारा विभिन्न सामाजिक कार्य गरि दैनिक ज्यालादारी, असहाय, बालबालिका तथा अशक्त मानिसहरुमा सेवा पुय्राउदैँ आइरहेकोमा आज लकडाउनको ४० औ दिनसम्म स्काउट माष्टर, स्काउटर एवम् स्वयम्सेवकहरु मार्फत उपत्यकामा निरन्तर खाना खाजा वितरण गर्ने कार्य जारी छ । आजको दिनसम्म आइपुग्दा यस अभियान मार्फत ४५,००० जना भन्दा बढि मानिसहरुलाई खाना र खाजा वितरण गरिसकिएको छ भने ५०० अति विपन्न र असहाय तथा अशक्त परिवारलाई राहत सामग्री वितरण गरिएको छ । साथै धादिङ्ग, नुवाकोट, सिन्धुपाल्चोक, काठमाडौ, ललितपुर, भक्तपुर जिल्लाको स्थानिय निकायसंगको समन्वयनमा ६०,००० थान सर्जिकल मास्क र कपडाको मास्क, ५००० थान साबुन, १५०० थान स्यानिटाईजर वितरण गरिसकिएको छ । मानिसहरु संगसंगै स्काउटहरुले हजारौँ जनावरहरुलाई खानेकुरा उपत्यकाको स्वयम्भू, पशुपति, थापाथली, वसन्तपुर लगायत ५० बढि स्थानहरुमा बिहान ५ बजेदेखि ९ बजेसम्म वितरण गर्दै आइरहेको पनि जानकारी गराउदछौँ । “No Starving Children Campaign” अन्तर्गत रही काठमाडौ उपत्यका लगायत अन्य स्थानमा अतिरिक्त पौष्टिक सामग्रीहरु वितरण गरिएको छ । यस कार्यमा नेपाल शान्ति स्काउटलाई सहयोग गर्नुहुने सहयोगी व्यक्तिहरु, सघंसस्था एवम् उपकार सेवा नेपाललाई हार्दिक धन्यवाद दिन चाहन्छौ । हाम्रो यस अभियान लकडाउन अवधिभर निरन्तर सञ्चालन रहिरहने जानकारी गराउदैँ आगामी दिनहरुमा पनि अमूल्य सहयोग र साथको अपेक्षा गर्दछौँ ।

संयोजक

सुधन मरासिनी  (९८५११९४६०८)

स्काउट विपद् व्यवस्थापन तथा राहत वितरण समिति

प्रतिक्रिया दिनुहोस्