नेपाल आज खुल्ला दिसामुक्त क्षेत्र घोषणा

नेपाल आज खुल्ला दिसामुक्त क्षेत्र घोषणा

काठमाडौँ ।   प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरेका छन् । सोमबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरेका हुन् ।

उनले सो अवसरमा सरसफाईमा ध्यान दिन सबै नेपालीलाई आग्रह गरे । कार्यक्रममा शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई, खानेपानी मन्त्री विना मगर, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा। सुरेन्द्र यादव, प्रदेश २ का भौतिक पूर्वाधार मन्त्री जीतेन्द्र सोनाल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्प कँडेललगायत सहभागि थिए ।

मन्त्री मगरले २०६८ सालमा सुरु भएको सरसफाइ गुरुयोजनासँगै खुला दिसामुक्त क्षेत्र घोषणा अभियानले व्यापकता पाउँदै नेपाल नै खुला दिसामुक्त राष्ट्र हुनु खुशीको कुरा भएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्