काठमाडौं । नेपाली क्रिकेट टिम आज स्वदेश फर्किंदै छ । टी–२० विश्वकप छनोटको एसिया फाइनल राउण्डमा सहभागिता जनाएर नेपाली क्रिकेट टिम स्वदेश फर्किदै छ ।
नेपाली क्रिकेट टिम आज राति १० बजेर ३० मिनेटमा स्वदेश फर्कन लागेको हो । मलेसियन एयरलाइन्सबाट टिम नेपाल स्वदेश फर्किदै छ आफ्नो अन्तिम खेलमा सिंगापुरसँग ८२ रनको फराकिलो अन्तरले पराजित भएसँगै नेपालको विश्वकप खेल्ने सपना चकनाचुर भएको थियो । प्रतियोगितामा नेपालले तेस्रो स्थान हासिल गर्यो ।
प्रतिक्रिया दिनुहोस्