नुवाकोटको चौघडामा एम्वुलेन्स सेवा संचालनमा

नुवाकोटको चौघडामा एम्वुलेन्स सेवा संचालनमा

लिखु / नुवाकोटको चौघडामा रहेको क्षेत्रपाल सामुदायिक संस्थाले थप एम्वुलेन्स सेवा संचालनमा ल्याएको छ । लिखु गाउँपालिका वडा नम्वर ४ चौघडामा अत्याधुनिक सुविधायुक्त एम्वुलेन्स सेवा संचालनमा आएको संस्थाका सचिव रामचन्द्र वस्तीले वताउनुभयो ।

यस क्षेत्रका समुदायलाई बिरामी परेका बेला सहज रुपमा एम्बुलेन्स उपलब्ध होस भन्ने उदेश्यले समन्वय गरेको स्पिड वे फाउण्डेसनका प्रमुख राजु श्रेष्ठ बताउनुहुन्छ । एम्बुलेन्स उपलब्ध भएसंगै अब सो गाउँपालिकासहित थानसिंङ, सुर्यमती,लिखु, थानापति, तलाखुसम्मका बिरामीहरुका लागि सहज हुने संस्थाले जनाएको छ ।nuwakotexpress.com

प्रतिक्रिया दिनुहोस्