धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाका २ वटा वडा खुल्ला दिशामुक्त घोषणा

धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाका २ वटा वडा खुल्ला दिशामुक्त घोषणा

जनकपुरधाम/  धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ३ र ५ खुल्ला दिसामुक्त घोषणा भएको छ ।

तोकिएको समय भित्रै धनुषा जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्ने नगरस्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिको निर्णयलाई मुर्तरुप दिने क्रममा विहिवार यस नगरपालिको २ वडाहरुलाई खुल्लादिसा मुक्त घोषण गरिएको हो ।

वडा नम्बर ३ का वडा अध्यक्ष जय किशोर सिंह र ५ का वडा अध्यक्ष जिवछ मण्डलको अध्यक्षता नगर प्रमुख योगेन्द्र पजियारको प्रमुख आतिथित्यतामा आयोजित कार्यक्रममा पूर्ण सरसफाई अभियानका माध्यमबाट सामाजिक समुन्नतिका लागि क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ३ र ५ का सम्पुर्ण बासिन्दाहरुलाई धर्ती र आकासलाई साक्षी राखी पूर्ण सरसफाईमा ध्यान दिने प्रतिवद्धता व्यक्त गराईएको थियो ।

कार्यक्रममा नगर प्रमुख पजियारले सबैले आफ्नो आफ्नो घरमा शौचालय निर्माण गरि खुल्ला दिसा मुक्त अभियानमा सहयोग गर्न आग्रह गरे । उनले यी वडाहरु जस्तै अरु बाँकी वडाहरुलाई छिटै खुल्लादिस मुक्त घोषण गर्ने प्रतिवद्धता जनाउदैँ शौचालय बनाउन अटेरी गर्ने व्यक्तिहरुलाई नगरपालिकाबाट दिने विभिन्न सेवा सुविधा रोक्का गर्ने र चिर्पी बनाउन नसक्ने घरपरिवारको लागी वडा अध्यक्ष र वडामा खटिएको टिगरहरुको सिफारिसमा त्यस्तो घरपरिवारलाई नगरपालिकाबाट सहयोग गर्ने जनकारी दिए ।

साथै वडा नम्बर ३ र ५ खुल्लादिसा मुक्त गर्न सफल भएकोमा वडा नम्बर ४ का वडा अध्यक्ष जगदिस यादव, ७ का रामकिशुन यादव, खानेपानिका अध्यक्ष राम जुलुम यादव, क्षिरेश्वरनाथ उद्योग बाणिज्य संघका अध्यक्ष सुरेश प्रसाद यादव लगायतका अतिथीहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

साथै कार्यक्रममा खुल्ला स्थानमा दिसा गर्दाहुने बेफाईदाहरुको बारेमा जनकारी दिदैँ एक घर एक शौचालयको निर्माण गरी यसबाट लाग्ने विभिन्न रोगबाट बाँच्न सँधै शोैचालयको प्रयोग गर्न आग्रह गरिएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथी नगर उप–प्रमुख रचना माथेमा, प्रमुख प्रशासकिय अधिकृत उमेश लाल कर्ण, कार्यपालिका सदस्य विरेद्र सिंह, विभिन्न वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्य, समाजसेवी लगायतको उपस्थिती रहेको थियो ।

साथै यी वडाहरुलाई आफनो विभिन्न स्तरबाट सहयोग गर्ने नगर प्रमुख लगायत सबै जानालाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा सांस्कृतिक कार्यक्रमबाट रंगदर्पनका कलाकार द्धारा जनचेतनामुलक नाटक मंचन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्