धनगढी उपमहानगरपालिकाको अनुगमन टोलीद्वारा अखाद्य वस्तु जफत

धनगढी उपमहानगरपालिकाको अनुगमन टोलीद्वारा अखाद्य वस्तु जफत

धनगढी। धनगढी उपमहानगरपालिकाको नगर अनुगमन समितिले सोमबार घनगढीका विभिन्न पसलहरुमा अनुगमन गरेको छ । अनुगमनका क्रममा धनगढीको लक्ष्मीनारायण चौक आसपासका किराना पसलहरुबाट ठूलो परिणाममा म्याद गुज्रेका बस्तुहरु जफत गरेको धनगढी उपमहानगरपालिकाको नगर अनुगमन समितिको संयोजक योगेन्द्र चन्दले बताए । चिसो पेयपदार्थहरु, काजु , किसमिस, दालमट लगायतका बस्तुहरु म्याद नाघेको अवस्थामा फेला पारेको पनि संयोजक चन्दले बताए ।

धनगढी उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लोकराज उपाध्यायले जफत गरिएका वस्तु नष्ट गर्ने बताए । ‘पहिलो पटक समान जफत गरिएको छ’, उपाध्यायले भने–‘फेरी पनि यही अवस्था फेला पारेका कानुन अनुसार कार्वाही अगाडी बढाइन्छ । राष्ट्रिय उपभोक्ता मञ्च कैलालीका अध्यक्ष हरी रेग्मीले अब निरन्तर बजारको अनुगमन गरिने बताए । पटक पटक गल्ती दोह¥याउने व्यक्तिलाई बचाउनुपर्छ भन्नेमा पक्षमा आफू नरहेको बताए । उनले भने–‘हाम्रो उद्देश्य बजारमा सुधार ल्याउनु हो ।’

साउन ३२ गते बसेको समितिको बैठकले भदौ २ गतेबाट निरन्तर बजार अनुगमनलाई निरन्तरता दिने निर्णय गरेको थियो । चाडपर्वको मुखमा मात्रै गरिने अनुगमनले बजारको अवस्था सुधार आउन नसकेको भन्दै उपमहानगरपालिका क्यालेन्डर नै बनाएर अनुगमन गर्न सुरु गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्