दोश्रो पाँचखाल महोत्सव शुरु, चार बर्षभित्रमा प्रत्यक्ष रुपमा विकासको नमुना देख्न सकिन्छ-मन्त्री बाँस्कोटा

दोश्रो पाँचखाल महोत्सव शुरु, चार बर्षभित्रमा प्रत्यक्ष रुपमा विकासको नमुना देख्न सकिन्छ-मन्त्री बाँस्कोटा

पाँचखाल। सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले आगामी चार बर्षभित्रमा प्रत्यक्ष रुपमा विकासको नमुना देख्न सकिने बताएका छन् । काभ्रेको पाँचखालमा पाँचखाल युनाईटेड फुटबल एशोसिएशनले आयोजना गरिएको दोस्रो पाँचखाल महोत्सवको आज वडा नं. ४ स्थित पाँचखाल खेलमैदानमा उद्घाटन गर्दै यस्तो बताएका हुन् ।

सरकारले विकासका हरेक क्षेत्रमा आफ्ना कामहरु अगाडी बढाएको उल्लेख गर्दै अबको दूई चार बर्षभित्रमा आम नागरिकले देखिने गरी विकास भएको अनूभूती गर्न पाउने बताए । काभ्रे जिल्लामा क्रमशः औद्योगिक क्षेत्र र कृषि क्षेत्रको विकास हुन थालेको उनको भनाई छ । अन्तर्राष्ट्रिय कनेक्टीभिटीको हिसाबले पनि सो क्षेत्र महत्वपूर्ण नाका रहेको बताँउदै मन्त्री बाँस्कोटाले पाँचखाल क्षेत्रको विकासमा महोत्सवले थप सम्भावनाको भूमिका खेल्ने उनको भनाई छ ।

बुधवारबाट शुरु भएको महोत्सव आगामि कातिक ९ गतेसम्म चल्नेछ । महोसत्वमा पाँचखाल क्षेत्रको सांस्कृतिक मौलिताको जगेर्ना गर्नुका साथै कृषिसंग सम्बन्धीत स्थानीय उत्पादन एवं पर्यटकीय प्रबद्र्धन गर्न पाँचखाल क्षेत्रको प्रतिभाहरुलाई प्रचार प्रसार गर्ने उद्धेश्यले महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रम अघि पाँचखाल बजारको बोहरेदोभान चोकबाट विभिन्न बाजा–गाजासहति जातिय पहिचान झल्किने भेषभूषा सहितको झाँकी प्रदर्शन गरिएको थियो । कार्यक्रमलाई थप आकार्षक बनाउन दैनिकजसो राष्ट्रिय कलाकारदेखि स्थानीय कलाकारहरुको प्रस्तुती रहनुका साथै महोत्सवमा स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने खालको विभिन्न स्टलहरु समते राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्