दोलखा तामाकोशीका यूवाहरु राहत लिएर टोल टोल मै

दोलखा तामाकोशीका यूवाहरु राहत लिएर टोल टोल मै

काठमाडौं । देशभर जारी लकडाउनका बीच पनि राजधानी काठमाडौंमा कष्टकर जीवन बिताइरहेका दोलखालीहरुलाई लक्षित गरि सोही जिल्लाको तामाकोशी गाउँपालिकाका यूवाहरुले टोल – टोलमै गएर राहत वितरण गर्ने कार्यलाई स्वतः स्फूर्तरुपमा अगाडि बढाइरहेका छन् ।
तामाकोशी गाउँपालिकास्थित गोल्मेश्वर लोकतान्त्रिक यूवा क्लबको सक्रियतामा अध्यक्ष रबिन खड्का र वडा नं. ५ का यूवाहरु भुवन केसी (गोबर्धनटार), प्रकाश भट्टराई सहित ४ नं. वडाका रुपक खड्का, सुरज खड्का, इकेश खड्का, विमला खड्का, सुरेश खड्का, रुपेश खड्का, खड्गा श्रेष्ठ र रञ्जु खड्का को सक्रियतामा खाद्यन्नको अभाव खेपिरहेका तामाकोशी, मेलुङ, कालिन्चोक र विगु लगायतका घर परिवारलाई राहत उपलब्ध गराईएको सोही अभियानमा सक्रिय भुवन केसीले जानकारी दिए ।
मृगौला पिडितलाई पनि राहत उपलब्ध गराइएको र कोही पनि दोलखालीहरु काठमाडौंमा भोकै बस्नु नपर्ने भन्दै केसीले कष्टमा परेकाहरुलाई राहत उपलब्ध गराउन आफूहरु निरन्तर मैदानमा खटिने बताए ।
यो राहत अभियान गत बैशाख महिनाको पहिलो सातादेखि नै जारी छ ।

तस्विरमा राहत वितरण:

प्रतिक्रिया दिनुहोस्