भोटेकाशी गाउँपालिका अध्यक्ष पौडेलको सहयोग पाएपछी दृष्टिविहीन वीरवहादुरको परीवार दंग

भोटेकाशी गाउँपालिका अध्यक्ष पौडेलको सहयोग पाएपछी  दृष्टिविहीन वीरवहादुरको परीवार दंग

काठमाडौँ । प्रदेश ३ अन्तर्गत पर्ने जिल्ला हो सिन्धुपाल्चोक । भिरमौरीको मह, छङछङ बज्ने भोटेकोशी जस्ता प्राकृतिक दृष्यहरूले हर कोहीको मनमा खुशीको रंग भरिदिन्छ । यिनै दृष्यहरू नियाल्दै पुगिन्छ भोटेकोशी गाँउपालिका । भोटेकोशी गाँउपालिका १ लिस्तिको काङलाङ हो उनको घर । उनि हुन अद्भुद कलाका धनी ५५ वर्षिय दृष्टिविहीन विरबहादुर कामी ।

पारीवारीक अर्थिक चपेटामा परेका उनलाई जिम्मेवारीले छपक्कै छोपेको छ । दुई छोरी ,एक छोरा र श्रीमती उनकै जिम्मेवारीमा छ । दृष्टिविहीन वीरबहादुरको जग्गाजमिन छैन । पुर्ख्यौली टुङ्ना बजाएर लोकगीत गाएको भरमा उनले परिवारको पालनपोषण गर्दै आएका छन् । भूकम्पअघि तातोपानीको लिपिङ बजारमा लोकगीत गाएर दैनिक एक हजारसम्म कमाउने वीरबहादुरले नाका बन्द भएपछि थुप्रै हन्डर खाए । उनको स्वर र टुङ्ना बजाउने कलाको कदर गर्दै कुटुम्ब ब्यान्डले गीत गाउने काम पनि दिएको थियो ।

टुङ्ना, स्वर र लोक गीतमा अद्भुत क्षमता भएकाले भोटेकोशी गाउँपालिकाले केही महिनाअघि मात्रै उनलाई ६० हजार नगदले सम्मान गरेको थियो । त्यसो त भूकम्पअघि लिपिङ बजारमा गीत गाउँदा गाँउपालिका अध्यक्ष राजकुमार पौडेलले उनलाई पटकपटक सहयोग गरेका थिए । हिजो खासाको व्यापार–व्यवसाय गर्दा र आज स्थानीय सरकारको प्रमुख भएर जिम्मेवारी सम्हाल्दा बारम्बार सहयोग गरेकोले वीरबहादुरको परिवार पौडेलप्रति खुसी छन् ।

अध्यक्ष पौडेलले कक्षा चारमा पढ्ने सुमित्रा, दुईमा पढ्ने पार्वती र बाल शिक्षा पढ्दै गरेको वीरबहादुरका छोरा विष्णुलाई निजी स्रोतबाट कक्षा १२ सम्म पढाउने जिम्मेवारी लिएका छन् । यही महिनादेखि कक्षा १२ सम्म पढ्न तीनैजना छोराछोरीलाई लाग्ने सम्पूर्ण खर्च मेरो निजी स्रोतबाट व्यहोर्छु,’ पौडेलले भने । शैक्षिक सामग्री, लुगाफाटा र आवश्यक पर्दा खाद्यान्नसमेत उपलब्ध गराउने उद्देश्य रहेको उनले प्रस्ट्याए । अध्यक्ष पौडेलको यो कुराले बिरबादुरका आँखामा खुशीका आँशु छचल्किए ।

प्रतिक्रिया दिनुहोस्