दुरागाँउलाई आधुनिक कृषि गाँउको रुपमा चिनाउने सपना छः वडाध्यक्ष तामाङ

दुरागाँउलाई आधुनिक कृषि गाँउको रुपमा चिनाउने सपना छः वडाध्यक्ष तामाङ

काठमाण्डौं। लिखु तामाकोशि गाउपालिका वार्ड नं. १ दुरागाँउका वडाध्यक्ष हुन, निङमार तामाङ । आफुलाई जनताले निर्वाचित गरे पछी तिनै जनताको मन जित्ने काम गरेर जनताको सेवामा समर्पीत हुनुपर्छ भन्ने उनको सोचाई छ । निङमार तामाङ यस्ता वडा अध्यक्ष हुन उनी जतीबेला पनी आफ्नो गाँउको बिकासमा के गर्न सकीन्छ भन्ने बारेमै सोचिरहेका हुन्छन । उनले वडा अध्यक्षमा निर्वाचित भएपछि २ वटा ठुला बिपत्तीको समाना गर्नुपर्यो ।

लिखु तामाकोशी गाउँपालिका–१ दुरागाउँको गुरुवाङ्गमा भएको जिप दुर्घटनामा उनि पनी परे ।संयोग नै मान्नु पर्छ, त्यति बेला उनि समान्य घाईत भए । त्यस्तै २०७५ साल जेष्ठ १८ गते रामेछापको सदरमुकाम मन्थली नजीकै हात्तीटार भन्ने ठाँउमा उनको बाइक दुर्घटनामा पर्यो, तर त्यही दिन लिखु तामाकोसि गाँउपालिकाको गाँउसभा थियो । दुर्घटनामा परे पछी उनी गाँउसभामा उपस्थित हुन सकेनन । “त्यति बेला मलाई दुर्घटनामा परेको भन्दा पनि गाउसभामा गएर दुरागाँउको सहभागीत राख्न नपाउदा दुख लाग्यो । जनताको सेवामा लागेपछि शरीरमा लागेको चोटको त वास्तानै नहुदो रैछ ।” उनी भन्छन ।

गाउपालिकाले आयोजना गरेका सबै बैठकमा उनी सहभागीता जनाउदै आएका छन । “वडा कार्यालयलाई निमन्त्रना गरीएको जुनसुकै कार्यक्रममा म जसरी पनी सहभागी भएकै हुन्छु ।” उनले भने । कामको शिलशिलामा केही दिनको लागी बाहीर जादा सोही वडाकी महिला सदस्य अनिता काकी (थापा)लाई कार्यबाहकको जिम्मे दिने गरेको उनि बताउछन ।  उनि निर्वाचित भए पछि गरेको कार्यहरु र आगामी दिनको योजना के छ त भनी असल संचारले  राखेको जिज्ञासाको उनले यसरी समाधान गरे ।

यातायातः
लिखुतामाकोशि गाँउपालिका वार्ड नं. १ दुरागाँउ काठमाण्डैबाट सिधा सडक संजाल जोडिएपनि बर्षा लागेपछी याँहाको सडक बन्द हुने गरेको छ । वडा कार्यलयले आर्थीक बर्ष २०७६/०७७ को योजनामा सडक बिस्तारको कामलाई प्राथमीकतामा राखेको छ ।
भुकम्प पछिको पुन निर्माणको लागी साबीकको दुरागाँउ गाविस पर्ने यो वडामा आफ निर्वाचित भएर आएपछि सहायक सडक निर्माणलाई प्राथमीकता दिएर अहिले प्रत्यक टोलमा सहायक सडक निर्माण भएको पुननिर्मांणमा धेरै सहज भएको उनले बताए । हिउदमा धेरै सहज भएको थियो तर बर्षा लागे सँगै बाटो बिग्रीएर समस्या भएको छ अब केही दिगो बिकासका पक्षहरुलाई अवलम्बन गरेर सडक निर्माण गर्ने सोच बनाएको छु वडाध्यक्ष तामाङले भने ।

खानेपानीः
लिखु तामाकोशि गाँउपालिका (साबिकको दुरागाँउ ५,६,७ र ८) मा अहिले खानेपानिको अत्याधिक समस्या छ । उक्त ठाउहरुमा कसरी सहज रुपले खानेपानीको समस्या समाधान गर्न सकीन्छ भन्ने बिषयमा आफु गम्भीर रुपले लागी परेको तामाङ बताउछन । उक्त वडाका उपभोक्ताहरुले पानीको लागी सम्भावित मुहान सहितको निबेदन दिएको भएपनी उक्त मुहानबाट पानि ल्याउन धेरै खर्चीलो देखीएकोले त्यो योजना अहीले सम्भावन नदेखेको उनी बताउछन । सबिकको दुरागाँउ ५,६,७ र ८ का बासिन्दाले अहिले साबिकको वार्ड नं. ४ मा भएको मुहान बाट खानेपानी ल्याइरहेका छन । तर उचित मर्मत सम्भार नभएर पर्याप्त पानी आउन नसकेको तामाङ बताउछन । म स्वयं उक्त खानेपानी मुहानमा गएर अध्यन गरेको छु त्याहा उचित र्ममत सम्भार भयो भने पर्याप्त खाने पानी आउने सम्भावना भैले देखेको छु तामाङले भने ।

स्वास्थ्यः
भखरै मात्र लिखु तामाकोशि गाँउपालिका वार्ड नं. १ स्थीत सानोपानीमा सामुदायीक स्वास्थ्य इकाईको लागी भवन निर्माण कार्य सम्पन्न भएको छ । अब गाँउपालीका सँगको समन्वयमा दशै अगाडि नै आवस्यक चिकीत्सक सहीतको स्वास्थ्य सेवा पाउन सकीने उनले जानकारी दिए । त्यसै वडा कार्यलयको पहलका स्वास्थ्य चौकी निर्माणको कार्य पनी अगाडि बढ्न लागेको उनले सुनाए ।

          वडाध्यक्ष निङमार तामाङ

शिक्षाः
लिखु तामाकोशि गाँउपालिका वार्ड नं. १ दुरागाँउमा अहिले एउटा माध्यामीक बिद्यालय र ८ वटा प्राथमिक बिद्यालय छन । भुकम्प पछि अधिकांश बिद्यालयहरु जिर्ण बनेका छन । जस मध्य प्राबिहरु बिभीन्न गैर सरकारी संस्थाको सहयोग पुननीर्माण भइसकेका छन । त्रिपुरेस्वर माध्यामिक बिद्यालयको भने भारतिय दुताबासको सहयोगमा पुन निर्माण हुन लागेको अध्यक्ष तामाङले जानकारी दिए ।
भौगलीक बिकटता रहेको दुरागाँउका केही बिद्यालयहरुमा शिक्षक बढि भएको र केहि बिद्यालयहरुमा शिक्षक अपुग रहेको गुनासो आफकहा आएको भन्दै अध्यक्ष तामाङ उक्त समस्या समाधान को लागी शिक्षकहरुलाई समायोज गर्ने सोचमा आफु रहेको उनले बताए। “केहि बिद्यालयहरुमा धेरै शिक्षक छन ति शिक्षकहरुलाई असुबिधा नहुने गरी कम शिक्षक भएका बिद्यालयमा लैजाने योजना छ ।” उनले भने ।

कृषिः
कृषिमा वडाध्यक्ष तामाङले महत्वकांक्षी योजना अघि सारेका छन । अहिले गाउका अधिकांश युवाहरु कोहि त रोजगारीको लागी बिदेश त कोही सहर केन्द्रीत रहेको उनले सुनाए । “गाउका धेरै जग्गा जमिन बाझै छोडिएका छन, भएका जनशक्ती कोही बिदेश छन त कोही काठमाण्डौमा डुलेर हिडिरहेका छन, अब ति युवाहरुलाई गाँउमा ल्याउने मेरो योजना छ ।” उनी भन्छन । तर त्यो कसरी सम्भव छ त भन्ने प्रश्नमा वडाअध्यक्ष तामाङ भन्छन । ति बाझो भएका उब्जाउ योग्य जग्गामा एक बिसिसज्ञ सहितको टोलि ल्याएर माटो परीक्षण गरीनेछ । कुन ठाँउको जग्गामा कस्तो किसिमको खेती पाती सम्भब हने रैछ ? भन्ने कुरा परीक्षण बाट थाहा पाइन्छ उनी भन्छन ।

उक्त अनुसन्धान पछी जस्तै किबी खेती, चिया खेती, कफि खेती, खुर्सानी खेती लगायतको पकेट क्षेत्र घोषना गरीने उनी बताउनछ । स्थान अनुसारको पकेट क्षेत्र घोषना गरेपेछी त्यही क्षेत्रका स्थानिय बासीलाई समेत आफ्नो जग्गामा कुन खेती लगाएमा फाइदा पुग्छ भन्ने थाहा पाउने तामाङले बताए । त्यसरी स्थानिय बासिले आफुले चाहेको खेती गरेका वडा कार्यालयले अनुदानको समेत ब्यवस्था गरीदिने उनको भनाई छ ।

अहिले पनी दुरागाँउको सानोपानी नजिकका स्थानिय गुञ्ज बहादुर भण्डारीले किबि खेती गरीरहेको उनी सुनाउछन । किबि खेतीको लागी दुरागाँउ योग्य छ भन्ने कुरा भण्डारीले प्रमाणीत गरीसकेका छन । भण्डरीको उक्त कार्यलाई स्वागत गर्दै आफुले प्रधानमन्त्री कृषि परीयोजना अन्र्तगत कृषि ज्ञान केन्द्रबाट अनुदान समेत उपलब्ध गराएको उनले बताए ।

यदी आफ्नै गाउमा कृषी पकेट क्षेत्र घोषणा गर्न सकीयो भने याँहा उत्पादीन बस्तु बेच्नको लागी बाहीुर भौताुरनिु नपर्ने उनी भन्छन । वडा कार्यालयले नै उत्पादीत बस्तु प्रसोधन गर्न उद्योग खोल्ने योजनामा समेत आफु रहेको उनी बताउछन । “नेपाल कृषि प्रधान देश भएकोले याहा मैले पनि कृषी क्षेत्रमा अपार सम्भावना देखेको छु ।” उनि भन्छन । यदी गाँउका मानिसले साथ दिने हो भने म दुरागाँउलाई आधुनिक कृषिगाँउको रुपमा चिनाउन सक्छु, उनि थप्छन् । मेरो योजना भनेको कृषिमा आमुल परीवर्तन ल्याउने नै हो, तर गाउका कृषक अग्रसर हुन पर्नेमा उनको जोड थियो । अब बिदेश गएका र सहर केन्द्रीत युवाहरुलाई गाउमा केन्द्रीतकरण गर्ने नै हो । उनले भने । तपाईहरु गाँउ आउनुस त्यसपछी गाउमै कसरी स्थापित हुने भन्ने आईडिया वडा कार्यालयले दिने छ । उनले भने । यो योजना दिर्घकाला होला नहोला तर मेरै कार्यकालमा सुरुवात भने अवस्य गर्नेछु, उनी दाबि गर्छन ।

सिंचाईः
यस बर्षमा पानि कम परेकोले दुरागाँउका कृषकले धान रोप्नै पाएनन् । २०÷३० मुरी धानको बिउ त्यसै खेर गएको उनले बताए । अब आधुनिक सिंचाईको प्रणालिलाई अवलम्वन गर्दै अघि बढ्नु पर्नेमा उनको जोड थियो । “अब माटोको कुलो बनाएर हुदैन, आधुनिक कुलो बनाउनु पर्छ ।” उनि भन्छन । दुरागाँउको बिच भाग बाटनै कालोखोला बगेपनि गाँउबासिलाई असुबिधा भएको उनी बताउछन । त्यसैले गाउका ससाना खोलाहरुबाट निस्कीएको पानीलाई जम्मा गरी एकै ठाँउमा ड्याम बनाएर पानी संकलन गरी सोही पानीलाई सिंचाईको रुपमा प्रयोग गर्ने योजना आफुसँग रहेको उनले सुनाए । त्यस्तै कालोखोलाको सिरमा पहिले देखीकै पुरानो कुलो रहेपनी त्यसलाई ब्यवस्थीत गर्न नसक्दा सिंचाईमा समस्या भएको उनी बताउछन । अब उक्त कुलोलाई ब्यवस्थीत गरेर १२ महिना पानि आउने बनाईन्छ उनले भने

भुकम्प पछिका पुननिर्माण:

दुरागाँउमा अहिले ८२० घरधुरी रहेको छन । जस मध्य ६६८ घरधुरीले भुकम्प पछिका घर निर्माण गरीसकेका छन । त्यस्तै ११ घरधुरीले मापदण्ड बिपरीतको घर बनाएकोले उनीहरुले अनुदान पाउन सकीरहेका छैनन् तर वडाध्यक्ष तामाङ उनिहरुले अनुदान पाउनु पर्छ भन्नेमा सकरात्मक छन र आवश्यक पहल पनि गरीरहेका छन । त्यस्तै १३५ घरधुरीको रेट्रोफीटीङमा नाम रहेको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्