दुई सन्तान मात्रै जन्माउनेलाई रम्भा गाउँपालिकाले पुरस्कार दिने

दुई सन्तान मात्रै जन्माउनेलाई रम्भा गाउँपालिकाले पुरस्कार दिने

पाल्पाको रम्भा गाउँपालिकाले एक वा दुई सन्तान जन्माई परिवार नियोजन गर्नेलाई पुरस्कार प्रदान गर्ने भएको छ ।

समाजमा दुई सन्तान जन्माउने स्मार्ट दम्पतीलाई पाँच हजार प्रदान गरिने छ । एक वा दुई सन्तान जन्माई परिवार नियोजनका लागि प्रेरित गर्ने तथा जन्मदर न्यूनीकरण गर्ने उद्देश्यले सम्मान तथा पुरस्कारको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष विष्णु भण्डारीले बताउनुभयो । गाउँपालिकाले आर्थिक वर्ष २०७७।०७८ का नीति, कार्यक्रम र बजेटमा स्मार्ट दम्पती सम्मान कार्यक्रम सञ्चालनमा ल्याएको हो । सन्तान जन्माई स्थायी परिवार नियोजन मिनील्याप वा भ्यासेक्टोमी गरेका दम्पतीलाई मेडिकल प्रमाणका आधारमा कम्तीमा पाँच जोडीलाई गाउँपालिकाले सम्मान गर्ने कार्यक्रम राखेको गाउँपालिका अध्यक्ष भण्डारीले बताउनुभयो । स्मार्ट दम्पती सम्मान कार्यक्रम सञ्चालन गर्न गाउँपालिकाले ५० हजार विनियोजन गरेको छ ।

गाउँपालिकाले खरका छाना हटाई जस्ताको छानोले टल्काउने अभियान सुरु गरेको छ । गाउँपालिकाका करिब ३ सय ३३ खरका छानाहरु बिस्थापित गरिसकेको छ ।  खरका छाना बर्सेनि छाउनुपर्ने बाध्यता हुँदा बढी खर्चिलो हुँदै आएको छ ।गाउँपालिकाले घरका छानासहितका घरलाई कर्कटपाताले छाइदिएपछि स्थानीय बासिन्दा खुशी देखिएका छन् । गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि तथा पशुपालन, खरका छाना विस्थापित गर्ने, विद्युत्, सडकलगायतका क्षेत्रमा उल्लेखनीय परिवर्तन देखाएको गाउँपालिकाको जिकिर छ । दिवाखाजा तथा विद्यार्थीलाई दुर्घटना बीमाले गाउँपालिकाले चर्चा पाउन सफल भएको छ ।

गाउँपालिकाले शिक्षा, स्वास्थ्य, खानेपानि, सडक, सिंचाई लगायतको क्षेत्रमा उल्लेखनिय प्रगति गरेको छ । अध्यक्ष भण्डारीका अनुसार गाउँपालिको केन्द्र सम्म सम्पुर्ण वडाहरुमा जोड्ने सडक निर्माण गरिएको छ । करिब २३० किमि सडकको स्तरोन्नति र ६ किमि सडकको कालोपत्रे र ७० किमि नयाँ सडक निर्माण गरिएको छ । शक्षाको गुणस्तर वृद्धिको लागी आफ्नै पहलमा सुबिधा सम्पन्न बिद्यालय भवनको निर्माण भएको अध्यक्ष तामाङले बताउनुभयो । स्थानियस्तरमा गुणस्तरिय एंव प्राबिधिक शिक्षामा जोड दिएको गाउँपालिकाले नमुना बिद्यालय पनि सन्चालन गरेको छ ।

गाउँपालिकाले कृषि क्षेत्रलाई पनि मुख्य प्राथमिकता राखेर काम गरिहेको छ । कृषि र पशुपालनमा जोड दिएर युवाहरुलाई गाउँपालिकास्तरमै रोजगारि सृजना गरि उनिहरुको जीवनस्तरलाई माथि उकास्ने योजना रहेको अध्यक्ष भण्डारीले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाले कृषकहरुको लागि १० लाखसम्म निब्र्याजि ऋण दिने गरेकोछ । उन्नत विउविजन र सिंचाइको ब्यवस्था तथा पशुपालनकोलागी अनुदान दिई युवाहरुलाई कृषि तथा पशुपालन तर्फ आकर्षित गरिरहेको छ । सम्पुर्ण गाउँपालिकावासिमा खानेपानीको सुबिधा पुर्याउन ३ करोडको लगानिमा एक घर एक धाराको अभियान पनि संचालनमा रहेको छ ।

स्वास्थ सेवाको पहुँच सम्पुर्ण गाउँपालिकावासिमा पुर्याउन गाउँपालिकाले प्रत्यक वडामा आधारभुत स्वास्थ्यचौकी र बर्थिङ सेन्टरहरु निर्माण गरेको छ । कोरोना माहामारिमा गाउँपालिकाले पिडितहरुलाई राहत वितरण मास्क सेनिटाइजरको बितरण, आर डि टि र पिसिआर परिक्षण लगायतको कार्य गरेको थियो । आगामी दिनमा कोरोना माहामारीको असरलाई कम गर्दै समग्र बिकासको काममा केन्द्रित हुने गाउँपलिकाकाको योजना छ ।

प्रतिक्रिया दिनुहोस्