दिगो विकास र समृद्ध जीवनको परिकल्पनामा, कस्कीको अन्नपुर्ण गाउँपालिका

दिगो विकास र समृद्ध जीवनको परिकल्पनामा, कस्कीको अन्नपुर्ण गाउँपालिका

विकास निर्माण सम्बन्धी धेरै अधिकार स्थानीय सरकारले पाएसँगै त्यसको सदुपयोगका निम्ति जनप्रतिनिधिहरु लागी परेका छन् ।

स्थानीय सरकारले दिगो विकास र समृद्ध जीवनको परिकल्पना सहित सडक, खानेपानी, सरसफाई, शिक्षा, स्वास्थ्य, विद्युत र आधुनिक कृषि खेती लगायतका विषयलाई पहिलो प्राथमिकतामा राखेर काम अघि बढाईरहेका छन् । स्थानिय सरकारले सबै वडा कार्यालयमा सडक बाटो, सबै बस्तीमा स्वच्छ खानेपानी, युवा स्वरोजगार, सर्वसुलभ र समान शिक्षा, कृषिमा आधुनिकरण जस्ता विकासका काम गर्दै आएका छन् ।

कास्कीको अन्नपुर्ण गाउँपालिका पनि आफ्नो विकासको पूर्वाधार निर्माणका कामहरुमा अग्रसर भएर लागि परेको छ । सबै वडाहरुमा सडक विस्तार तथा स्तरोन्नती गर्ने काम भइरहेको गाउँपालिका अध्यक्ष युवराज कुँवरले बताउनुभयो । गाउँपालिका भवन निर्माण र वडा कार्यालयहरुले भवन निर्माण भइरहेको छ । गाउँपालिकाका सम्पुर्ण नागरिकहरुलाई स्वास्थ्य सेवाको सहज पहँुच पुर्याउन संघिय सरकारको योजना अनुरुप १५ शैयाको अस्पलाल शिलान्यास गरि संचालनको तयारिमा रहेको छ । प्रत्यक वडामा स्वास्थ्य चौकीको व्यवस्था पनि गरिएको छ । गाउँपालिकाको केन्द्रबाट सबै वडामाहरु सडक संजाल बिस्तार गर्ने योजना बनाएको अन्नपुर्ण गाउँपालिकाले ति सडकहरुलाई बाह्रै महिना गाडि चल्न सक्ने गरि बिस्तार गरिहेको छ । कृषि र पशुपालनमा जोड दिएको गाउँपालिकाले गाई र भैसि पालन गर्ने कृषकहरुलाई अनुदान दिने ब्यवस्था पनि गरेको छ । यस्तै, उन्नत जातको बोका वितरण, तरकारी खेति गर्नेहरुलाई अनुदान, टनेलको लागी प्लास्टिक वितरण, नर्सरिको विरुवा वितरण लगायतको काम पनि गाउँपालिकाले गरिहरेको छ । १ घर १ तरकारि बालि बनाउने अभियानमा पनि गाउँपालिका जुटेको छ ।

पर्यटनलाई बिशेष जोड दिएको गाउँपालिकाले पर्यटकिय स्थलहरुको पहचिान गरि प्रचार प्रसार गर्ने योजना बनाएको छ । गाउँपालिकाका युवाहरुलाई स्थानियस्तरमानै स्वरोजगार बनाउन विहादी गाउँपालिकाले बिभिन्न किसिमका सिपमुलक तालिमहरु दिने गरेको छ । यस्ता समग्रह कुराहरुलाई नियाल्ने हो भने, सिंहदरबारको अधिकार गाउँ गाउँमा पुगेको अध्यक्ष कुँवर बताउनुहुन्छ । तर, अन्य गाउँपालिकामा जस्तै विहादी गाउँपालिकामा पनि कर्मचारीको अभाव रहेको छ ।

विश्वभर फैलिएको कोरोना महामारीको असर विहादी गाउँलिकामा पनि देखियो तर जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासीहरुको साथ सहयोगले यहाँ नागरिकलाई सुरक्षित राख्न गाउँपापालिका सफल भएको छ । कोरोना माहामारीमा गाउँपालिकाले पिडितहरुलाई राहत वितरण, मास्क , सेनिटाइजरको बितरण, आरडिटि र पिसिआर परिक्षण गर्दै यसको नियन्त्रण गर्ने प्रयासहरु गरेको थियो । यसले पनि विहादी गाउँपालिकाको प्रभावकारी योजना र चुस्तदुरुस्त व्यवस्थापनलाई झल्काउदछ । आगामी दिनमा नगरवासीहरुको हित र अपेक्षालाई मध्यनजर गर्दै गाउँपालिकाको सम्पुर्ण विकास निर्माणका कामहरु अगाडि बढाउने गाउँपालिका अध्यक्ष भुसालको योजना छ ।

बन्दाबन्दी सुरु भए यता गाउँपालिका जनप्रतिनिधि र स्वास्थ्यकर्मी परिचालन गर्दै तत्काल विदेशबाट आएकाको पहिचान गरी अनिवार्य क्वारेन्टाइनमा रहनुपर्ने व्यवस्था मिलाएको थियो । गाउँपालिकाले कोरोना भाइरस संक्रमणको अवस्थालाई दृष्टिगत गरीविदेशबाट आएकालाई साविकका गाविसमा रहेका ७ वटा विद्यालय र एउटा होटल भाडामा लिएर क्वारेन्टाइनको व्यवस्थापन गरेको छ।

उहाँका अनुसार भाइरसको जोखिम कम गर्न गाउँपालिका प्रवेश गर्नासाथ क्वारेन्टाइनमा राख्ने र त्यसको निगरानीका लागि यहाँकानौवटा स्वास्थ्य ईकाइका २६ जना स्वास्थ्यकर्मी र जनप्रतिनिधि टोली खटाइएको छ ।

स्वास्थ्यकर्मीको सुरक्षालाई दृष्टिगत गरी सबै स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई पीपीई वितरण गरिसकिएको छ । यसअवधिमा गाउँपालिकाले एक लाख १३ हजार ८१२ रुपैयाँ बराबरको स्वास्थ्य सुरक्षा सामाग्री खरिद गरिसकेको छ । गाउँपालिकाले १९वटा पीपीई खरिद गरेको छ भने पोखरा महानगरपालिकाबाट १० वटा र पोखरास्थित रोटरी क्लबबाट सातवटा पिपिई सहयोग प्राप्तगरेको छ ।

गाउँपालिकाले स्वास्थ्य सुरक्षा सामाग्री सहित आवश्यक औषधि लगायतको सम्पूर्ण व्यवस्थापन गरेको स्वास्थ्य शाखा प्रमुख ऋषिरामपौडेलले जानकारी दिनुभयो । स्वास्थ्यकर्मीलाई गाउँपालिकाले ५० प्रतिशत थप गरेर सुविधा दिने निर्णय गरेको छ भने अन्य सुरक्षाकासामाग्री वितरण गरेको छ ।

अन्नपूर्ण गाउँपालिकाले तत्कालै स्वास्थ्योपचारको व्यवस्था, एम्बुलेन्सको २४ सैं घण्टा सेवा, आवश्यक अन्न भण्डारण, निःशुल्कतरकारीका बिउबिजन वितरण लगायतका काम गरिरहेको प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले बताउनुभयो ।

बन्दाबन्दीका कारण दीर्घरोगीले नियमित खानुपर्ने औषधिमा समस्या नपरोस् भन्दै जनप्रतिनिधिलाई खटाएर शहरबाट किनेर जनताकोघरघरमा पुर्‍याउने काम गरिएको छ ।

पर्यावरण संरक्षणसँगै सर्वसाधारणको आयआर्जन गर्ने लक्ष्यका साथ गाउँपालिकाले आफ्नै नर्सरी तयार गरी विभिन्न फलफूलका विरुवातयार गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्