दसैंको मुखमै तामाकोशीमा कोरोना, जनप्रतिनिधिकै चरम लापरवाही

दसैंको मुखमै तामाकोशीमा कोरोना, जनप्रतिनिधिकै चरम लापरवाही

मालु । वडा दसैं आउन केहि दिन मात्र बाँकी रहेको समयमा दोलखाको तामाकोशी गाउँपालिकामा कोरोना भाईरसको संक्रमण देखापरेपछि यतिबेला यहाँका सर्वसाधरणहरुमा त्रास छाईरहेको छ । मुलुकमा कोरोना भाईरस भित्रिएको करिव ७ महिनासम्म सुरक्षित रहेको यो गाउँपालिकामा महानचाड दसैंको मुखमै कोरोना भाईरसबाट वडा नं. १ का अध्यक्ष महेश काफ्ले र वडा नं. ६, च्यामाका अन्य दुई जनामा कोरोना भाईरसको संक्रमण देखिएको गाउँपालिकाले जनाएको छ ।


गाउँपालिकामा कोरोना भाईरस देखिनुमा भने सबै भन्दा बढि जिम्मेवार व्यक्तिहरुको लापरवाही नै मुख्य कारण देखिन्छ । तामाकोशी गाउँपालिकाले कोरोना भाईरस भित्रिन नदिन कागजी विज्ञप्ती बाहेक स्थानीयस्तरमै गएर कुनै चेतनामूलक कार्यक्रम गर्न आवश्यक ठानेन भने भौतिक दुरी कायम गराएर बाहिरबाट आउनेहरुलाई क्वारेन्टाइनमा राख्ने तथा त्यसको निगरानी गर्ने पालिका र वडाका जनप्रतिनिधिहरु आफै भेला गर्ने, मान्छे जम्मा पारेर भाषण गर्ने जस्ता गतिविधिहरुमा सहभागि भएका थिए ।


कोरोनाको कहरकै बीच गाउँपालिका भित्र दैनिक जस्तै कुनै न कुनै बैठक र भेलाहरु भईरहेकै छन् । यस्तै, राजधानी काठमाडौं र अन्य ठाउँबाट आउनेहरुलाई क्वारेन्टाइनमा बसे नबसेको हेर्ने मुख्य दायित्व बोकेका जनप्रतिनिधिहरु नै राजनितिक तथा अन्य प्रकारका भेलाहरुमा सहभागि भए यसले पनि स्थानीयस्तरमा तामाकोशी गाउँपालिकाचाँहि कोरोनाले नछुने गाउँपालिका रैछ भन्ने भ्रम सिर्जना भयो र केहि व्यक्तिको नियमित कोरोना परिक्षण गर्दा पनि २ जनामा संक्रमण देखिएको छ ।


धेरै भन्दा धेरैको पिसिआर परिक्षण गर्ने हो भने धेरैमा भाईरसको संक्रमण देखिने सम्भावना छ । यस्तै, लक्षणसहितको संक्रमण देखिएका कारण विशेषगरि दिर्घरोगीहरु र वृद्धवृद्धाहरुलाई यसले असर गर्ने बढि सम्भावना देखिन्छ । तामाकोशीमा कोरोना भाईरसको संक्रमण देखिएपछि सामाजिक सञ्जालमा भाईरसको प्रभाव सबै वडामा हुन सक्ने भएकाले छिटो परिक्षण गराउने व्यवस्था गर्न आवाजहरु उठेका छन् ।

(तस्विरहरु सामाजिक सञ्जालबाट )

प्रतिक्रिया दिनुहोस्