तानसेन नगरपालिका चौंतर्फी विकास निर्माणमा जुट्दैं

तानसेन नगरपालिका चौंतर्फी विकास निर्माणमा जुट्दैं

कविता पोखरेल
माघ १७, तानसे नगरपालिका । पाल्पा जिल्लाको तानसेन नगरपालिकामा चौंतफी विकासको काम भएको छ । स्थानीय सरकारको व्यवस्थापनसँगै निर्माण भएका सकडलाई फराकीलो बनाउने देखि सडक नपुगेको ठाउँमा सडक निर्माण गर्ने काम भइरहेको नगरका, नगर प्रमुख अशोक कुमार शाहीले बताउनु भयो । यो सडक निर्माण कार्य सम्पन्न भए पछि यात्राको लागि थप सहज हुनेछ ।

तानसेन नगपरपालिका ऐतिहासिक र धार्मिक दृष्टीकोणले पनि निकै परिचित र पर्यटकीय क्षेत्रको हिसाबले सम्भावना बोकेको स्थान हो । नगर प्रमुख शाहीले भन्नुभयो, आन्तरिक र बाह्य पर्यटकीयहरु घुम्नको लागि निकै घुईचो लाग्ने गर्छ । त्यस हिसाबले तानसेनलाई आगामी दिनमा थप संरचनाहरु निर्माण गर्नेछौं उहाँले जनाउनु भयो । कृषि र शैक्षिक क्षेत्रमा पनि यस नगरले उत्तिकै सुधार गर्दै आइरहेको अवस्था छ ।

किसानहरुलाई विभिन्न उन्नत जातको विउ विजन प्रदान गर्नुका साथै पशुपालनमा जोड दिएको छ भने नगरको सबै आधारभुत विद्यालयहरुमा गुणस्तरीय र प्राविधक शिक्षाको लागि पहल गर्दै विद्यालयमा आवश्यक भौतिक संरचना निर्माण गरेको छ । जेष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षाको व्यवस्था गर्ने देखि युवाहरुलाई स्वरोजगारमुलक कार्यक्रम गरी रोजगारीको व्यवस्था समेत गर्ने गरेको छ ।

स्थानीय सरकारको व्यवस्थापन पछि आम नागकिरहरुको जुन अपेक्षा थियो त्यसलाई पुरा गर्नको लागि नगर प्रमुख शाही एकताबद्ध भएर लागि परेको देखिन्छ । नगर सुन्दर र नमुना बनाउनको लागि करिब साढै ३ वर्षको अवधिमा नगर प्रमुख शाहीले जुन कदम र कार्यान्वयन गर्नुभयो त्यो वास्तवमै अनुकरणीय बनेको छ । आम नागरिकहरको जनचासोलाई मध्येनजर गर्दै नगरले सबै वडामा स्वास्थ्य सेवाको पहुच पुर्‍याउदै आएको छ ।

यसले विगतको जस्तो सानोतिनो उपचारको लागि सदरमुकाम र राजधानी धाउनु पर्ने बाध्यता हटेको नगर प्रमुख शाकीको भनाई छ । खानेपानीको लागि “एक घर एक धारा” कार्यक्रम अभियान सञ्चालन गरी सबै टोलटोलमा खानेपानीको सुविधा गरेको अवस्था छ । विश्वव्यापी रुपमा फैलिएको कोरोनाबाट मानिसहरु त्रसित भएको बेला यस नगरले संत्रमण न्यूनीकरणको लागि आम नागरिकहरु समक्ष सतर्कता अपनाएको थियो । कोरोनाबाट प्रभावित भएका वास्तविक विडीतहरुलाई राहत वितरण गर्नुका साथैं बाहिरबाट आएका नागरिकहरुलाई सुविधायुक्त ३५ बेड क्षमता भएका नगरस्तरीय क्वारेन्टाइन र हामे आइसोलेशनमा राख्ने व्यवस्था गरेको नगर प्रमुख शाहीले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्