ठोरी गाँउपालीकाको पहिलो प्राथमिकता पर्यटन: अध्यक्ष श्रेष्ठ

ठोरी गाँउपालीकाको पहिलो प्राथमिकता पर्यटन: अध्यक्ष श्रेष्ठ

काठमाण्डौं । पर्सा जिल्ला ठोरी गाँउपालिका अध्यक्ष पदम लाल श्रेष्ठले गाँउपालिकामा आफुले पर्यटनको प्रचुर सम्भावना देखेको बताउनु भएको छ । आज राजधानीमा असल संञ्चारको स्टुडियोमा सञ्चारकर्मिहरुसँग अन्तरक्रिया गर्दै अध्यक्ष श्रेष्ठले सो धारणा राख्नु भएको हो ।
पर्सा जिल्ला आफैमा प्राकृतिक सौन्दर्यताले भरिपुर्ण जिल्ला हो, पर्शा राष्ट्रिय निकुञ्ज पर्यटकको लागि आर्कषणको केन्द्रबिन्दु मानिन्छ । चुरे पहाडलाई नजिकैबाट नियाल्न मिल्ने उक्त पर्यटकीय स्थलमा अझ हात्ती सफारी र जिफ सफारीलाई ब्यवस्थित गर्न सकेमा अझै धेरै पर्यटन भित्रिने सम्भावना देखेको छु, अध्यक्ष श्रेष्ठले भन्नुभयो ।  आन्तरिक र बाह्य पर्यटकको ध्यानलाई मध्यनजर गर्दे २ वटा होमस्टे ठोरीमा रहेको श्रेष्ठले बताउनुभयो ।

ठोरी गाउँपालिकाको दक्षिणपट्टि भारतको बिहार राज्यको पश्चिम चम्पारण पर्छ भने उत्तर, पश्चिममा चितवन राष्ट्रिय निकुञ्जले घेरिएको छ । ठोरीमा वनशक्ति मन्दिर, सिता गुफा धार्मिक स्थल तथा राईधारा, रानी वन, गोले डाडाँ, सिने पर्वत, ह्वाईट हिल, अमृतधारा, लगाएतका पर्यटकीय स्थलहरु छन् ।

ठोरीमा बिशेष  गरी भारतिय पर्यटनको उचित सम्भावना रहेको श्रेष्ठले बताउनुभयो । भारतीय सिमाना नजिकै भएकाले सार्बजनिक बिदाको दिनमा छिमेकी राष्ट्र भारतबाट धेरैको संख्यामा पर्यटकहरु भ्रमणको लागी आउने गरेको श्रेष्ठले बताउनुभयो ।
पर्यटन पछि गाँउपालिकाले शिक्षा र कृषीलाई प्राथमिकतामा राखेको अध्यक्ष श्रेष्ठको भनाई छ ।  शिक्षालाई गुणस्तरिय र शर्वसुलभ बनाउनतिर आफू लागि परेको उहाँको दावी छ । गुणस्तरिय शिक्षा ठोरीमा उपलब्ध गराउन केजि , एलकेजि र कक्षा १ सम्ममा प्राइभेट स्कुलका अग्रजि बुक अनिवार्य गरेको साथै प्रबिधिक शिक्षालाई जोड दिन प्रत्येक विद्यालयमा कम्यटर को ब्यवस्था गरको उहाँ बताउनुहुन्छ ।

कृषि क्षेत्रबाट पनि मनग्य आम्दानि हुने यस ठोरी गाँउपालीकामा निकुञ्ज नजिकै भएको कारण जंगलि जनावरहरुले सबै बालीनाली नष्ट गरिदिएर ३०० वटा आँपका बिरुवा वितरण गरेर तारबार लगाउन आफुले पहल गरेको श्रेष्ठले बताउनु भयो । ठोरी गाँउपालिकामा ३० भन्दा बढी नदिनाला रहेको र जसले गर्दा स्थनियले बाढीको समस्या भोग्दै आईरहेका कारण बस्ति सम्बृद्ध बनाउन नदि कटानतर्फ उहाँको जोड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्