जोरायल गाउँपालिकाद्धारा कृषकलाई हाते ट्याक्टर वितरण

जोरायल गाउँपालिकाद्धारा कृषकलाई हाते ट्याक्टर वितरण

डोटी/जिल्लाको जोरायल गाउँपालिकाले वडा नं २ मा रहेको जनचेतना कृषक समूहलाई खेत जोत्न हाते ट्र्याक्टर वितरण गरेको छ ।कृषकलाई खेत जोत्नमा सजिलो होस भन्ने उद्देश्यका साथ गाउँपालिकाको रु चार लाख तीन हजारको अनुदानमा उक्त कृषक समूहलाई ट्रली जडान सहितका दुई वटा हाते ट्र्याक्टर वितरण गरिएको वडा सदस्य महेन्द्र थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय किसानलाई खेत जोत्न समस्या भएका कारणले अहिले हामीले जनचेतना कृषक समूहलाई दुई वटा हाते ट्र्याक्टर दिएका छौँ, बाँकी क्रमिक रुपमा अरुलाई पनि दिने योजना छ ।”

गाउँपालिकाले अनुदानमा हाते ट्र्याक्टर वितरण गरेपछि अहिले सो वडाका किसानलाई खेत जोत्नमा निकै सहुलियत भएको समूहका अध्यक्ष तुलाराम साउदले बताउनुभयो । तरकारी खेतीलगायत अन्य खेतीमा प्रविधिको प्रयोग गरी बढी उत्पादन गर्न सहयोग पु¥याउने उद्देश्यले हाते ट्र्याक्टर प्रदान गरिएको गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्